Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

एसएलसी लेटर ग्रेडिङ : शिक्षकले बुझेनन्, विद्यार्थीले पढ्न छाडे 

मंगलबार, ०७ पुस २०७२

काठमाडौँ, ७ पुस । सरकारले यस बर्षदेखि एसएलसीमा सहभागी विद्यार्थीको मुल्यांकन लेटर ग्रेडिङबाट गर्ने भनि गरेको निर्णयले विद्यालय तहमा अन्योल देखिएको छ। 

विद्यार्थीसंग नजिक रहने शिक्षक समेत यो प्रणालीका बारेमा जानकार छैनन् । लेटर ग्रेडिङबाट कसरी मुल्यांकन गर्ने भन्ने बुझाउन नसक्दा विद्यार्थीले पनि पढ्न छाडेको सरोकारवालाहरुले बताएका छन् । 

ग्रेडिङ गर्दा समूह डी र ई मा पर्नेले समेत माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भन्दै विद्यार्थीले मिहिनेत गर्नेै छाडेको शिक्षक बताउँछन् । 

छोराछोरीले पढ्न छाडेपछि अभिभावक पनि यो पद्धतिका बारेमा बुझ्न विद्यालय धाउन थालेका छन् । 

ललितपुरको आदर्श सौल युवक उच्च माविका प्रधानाध्यापक सरोजभक्त आचार्यले विद्यार्थी र अभिभावकसंग नजिक रहने शिक्षक नै लेटर ग्रेडिङको बारेमा अनभिज्ञ रहेको बताए । 

परीक्षामा फेल/पास नहुने भएपछि अभिभावकले याये प्रणालीको बारेमा चासो दिन थालेको उनले बताए । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसियसन नेपालका अध्यक्ष कर्णबहादुर शाहीले पनि लब्धांक पत्रमा उतीर्ण वा अनुर्तीर्ण भन्ने उल्लेख नहुने भएपछि विद्यार्थीले पढ्नै छाडेको दाबी गरे । 

 

शिक्षा मन्त्रालयको तयारी

शिक्षा मन्त्रालयले कक्षाकोठासम्म यो प्रणालीबारे बहस गराउने तयारी गरेको छ। पहिलो चरणमा जिल्लामा त्यसपछि स्रोतकेन्द्रमा प्रधानाध्यापकलाई र तेश्रो चरणमा प्रधानाध्यापकले विद्यालयमा छलफल गराउने योजना बनाइसकेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए । 

यता एनप्याब्सनले यो पद्धति तयारीबिना हचुवामा ल्याइएको आरोप लगाउदै आएको छ। एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले यो पद्धतिले विद्यार्थीको मुल्यांकन ३ घण्टाको परीक्षाबाट नहुने तर्क गर्दै आइरहेका छन् । 

 

(आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन्।)

प्रतिक्रिया