Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

भूकम्पले भत्काएका विद्यालय बनाउन स्थानीय श्रोत

विहीबार, २४ बैशाख २०७२

काठमाडौं २४ वैशाख / भूकम्पले क्षती पुर्याएका विद्यालयहरुको मर्मत तथा पुर्ननिर्माणका लागि आवश्यक रकम स्थानीय श्रोतबाट परिचालन गर्दै गर्न शिक्षा मन्त्रालयले परिपत्र गरेको छ । हरेक विद्यालयलाई स्थानीय स्तरबाट श्रोत परिचालन गर्न जिल्ला शिक्षा कार्यालय मार्फत परिपत्र गरेको मन्त्रालयका सहसचिव डा.लवदेब अवस्थीले बताए । तत्कालका लागि विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन यस्तो उपाय अपनाएको उनले बताए ।

उक्त रकमको मन्त्रालयले पछि शोध भर्ना गर्ने उनको भनाई छ । 'कहाँ के कति विद्यालयमा के कस्तो क्षती पुगेको छ यकिन भईसकेको छैन', उनले भने 'तथ्याङ्क संकलनको काम हुँदै गर्छ, तर तत्काल पठन पाठन शुरु गर्न आवश्यक भएकोले यस्तो निर्णय भएको हो ।'

भूकम्प भएको २ हप्ता सम्म पनि क्षती पुगेका विद्यालयहरुमा के कसरी कक्षा सञ्चालन गर्ने भन्ने बारेमा मन्त्रालयनै अलमलमा परेको छ । पठन पाठन कहिले देखि ? मन्त्रालयनै अलमलमा

मन्त्रालयको अलमलका बारेमा खबर सार्वजनिक भएपछि बिहीबार मन्त्रालयमा छलफल भएको श्रोतले जनाएको छ ।

के कती रकम निकासा गर्ने भन्ने बारेमा भएको छलफलमा माध्यामिक तह सम्मका विद्यालयलाई प्रति विद्यालय २ लाख, निमावि सम्मकालाई डेढ लाख र प्राविलाई १ लाख रुपैंया निकासा गर्ने गरी तयारी गरेको श्रोतले बतायो ।

प्रतिक्रिया