Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

माग पुरा गर्न भन्दै मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी 

सोमबार, ०६ पुस २०७२

काठमाडौँ, ६ पुस ।  मध्यपश्चिम विश्वविद्यालयका नयाँ नियुक्त कर्मचारीले पनि आर्थिक हिसाबकिताब प्रष्ट देखाउन नसकेको भन्दै एमाओवादी निकट विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारीले विश्वविद्यालयमा तालबन्दी गरेको छ । 

सोमबार बिहान एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्वमा गएका विद्यार्थीहरुले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका हुन् ।  उनीहरुले विभिन्न १२ बुँदे मागहरु प्रस्तुत गर्दैै एक हप्ते आन्दोलनका क्रममा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य केशव शाहीले बताए । 

यसका साथै बढाइएको शुल्क फिर्ता गर्नुपर्ने, विश्वविद्यालयका भौतिक संरचना सुधार गर्नुपर्ने पनि माग गरेका छन् ।  पदाधिकारीको फजुल खर्च र मनपरीतन्त्र रोक्न, राजनीतिक भागवन्डाको आधारमा नभई बिधि र प्रक्रियाका आधारमा विश्वविद्यालय संचालन गर्न र स्ववियू निर्वाचनको मिति तत्काल घोषणा गर्न पनि माग गरेका छन् । 

सोही आन्दोलनकै क्रममा उनीहरुले आजदेखि विश्वविद्यालय परिसरमा रिले अनशन समेत शुरु गरेका सुर्खेतबाट पत्रकार खेमराज वलीले जानकारी दिए ।  

 

प्रतिक्रिया