Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पढाई छाडेर इन्धन ओसारपसार 

सोमबार, ०६ पुस २०७२

काठमाडौँ, ६ पुस । सिरहा कृष्णपुरका रामसोरथ पासवानको बिहानी ग्यालेन समातेर शुरु हुन्छ । साइकलमा सीमापारिको भारतीय सहर पुगी ग्यालेनमा पेट्रोल भरेपछि उनी सिधै राजमार्गस्थित कसहा बजार पुग्छन् । 

भारतीय पेट्रोल पम्पबाट प्रतिलिटर ६७ रुपँैया खरिद गरेको पेट्रोल कसहामा बेच्दा दोब्बर मुल्य पाउँछन् । खर्च कटाएर प्रतिलिटर ४० देखि ५० रुपँैया नाफा उनी कमाउँछन् । 

कृष्णपुर माविमा कक्षा ९ मा अध्ययनरत उनी मधेसमा आमहड्ताल शुरु भएको दिनबाटै पेट्रोल ल्याएर बेच्ने गरेका छन् ।  दिनको एक हजार कमाउने उनी स्कुल जान मन नलागेको समेत बताउँछन् । पछिल्ल्लो समय विद्यालय खुलेपनि उनी भने विद्यालय गएका र्छनन् । 

पारीबाट इन्धन ल्याएर वारी बेच्ने धन्दामा पल्किसकेका स्कुले विद्यार्थी अहिले पनि यही कामलाई दैनिकी बनाइरहेका छन् ।   मधेस आन्दोलनको आडमा सिमावर्ती गाउँसहरका युवकले इन्धन तस्करीमार्फत राम्रो कमाई गरेको देखेपछि स्कुले विद्यार्थी पनि त्यतातिर लागेका हुन् ।  

अभावको बेलाको जोहो भन्दै प्रहरीले समेत आखाँ चिम्लिदा उनीहरुलाई न भन्सार तिनुपर्ने कर छ त न कसैको डर । 

(आजको नागरिक दैनिकमा मिथिलेस यादवले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया