Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

छुट नपाएपछि विद्यार्थीद्धारा सडकजाम 

सोमबार, ०६ पुस २०७२

काठमाडौँ, ६ पुस ।  पेट्रोलियम पदार्थ अभावको बहाना बनाएर यातायात व्यवसायीले सहुलियत नदिएको भन्दै अमृत साइन्स क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् ।  

विद्यार्थीले यसअघि छोटा तथा लामो दुरीका यात्रामा परिचयपत्रका आधारमा ४५ प्रतिशत छुट पाउँदै आएका थिए ।  तर पछिल्लो समय तेल अभाव भएको भन्दै व्यवसायीले छुट नदिएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । 

आफुहरुलाई दिइएको सहुलियतलाई निरन्तरता दिनुपर्ने माग गर्दै विद्यार्थीले आइतबार दिउसाँे क्याम्पस अगाडी प्रदर्शन समेत गरेका थिए । 

विएस्सी तेश्रो बर्षमा अध्ययनरत अभिनव लामिछानेले गाडीमा छुटलाई निरन्तरता नदिइए कडा आन्दोलन गर्ने चेतावनी दिए । 

(आजको अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

 

 

प्रतिक्रिया