Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षण संस्था फेरी बन्द 

सोमबार, ०६ पुस २०७२

काठमाडौँ, ६ पुस । आन्दोलनरत सयुँक्त मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच जारी बर्चस्वको लडाईका कारण जनकपुरक्षेत्रका शिक्षण संस्था आइतबार देखि फेरी बन्द गरिएको छ।   मोर्चाले विद्यालय खुला गर्ने भने पनि समाजवादी विद्यार्थी संघको दबाबमा पठनपाठन बन्द गरिएको हो ।

विद्यालय बन्द गराउन गएका संघ समर्थित र जनकपुर ४ स्थित मिट क्याम्पसका विद्यार्थीबीच झडप समेत भएको थियो ।  मिट क्याम्पसका विद्यार्थीले लाठी भाटा लिएर बन्दकर्तालाई लखेटेका समेत थिए । संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्रकुमार झाँले क्याम्पस प्रमुख मनोज शाह नेतृत्वमा विद्यार्थीले आक्रमण प्रयास गरेको आरोप लगाए । 

विद्यालय प्रशासन क्याम्पस बन्द गराउँदै हिड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  पछि संघीय समावेशी मधेसी गठबन्धन नेताले एसपी रामदत्त जोशीलाई भेटेर रिहा गराएका थिए । 

मधेस आन्दोलनका बेलाको शुल्क मागेको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन् । 

(आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया