Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

छात्रवृत्तिका लागि बजेट विनियोजित

सोमबार, ०६ पुस २०७२

काठमाडौँ, ६ पुस । जिल्ला शिक्षा कार्यालय बाँकेले अपाङ्गता भएका बालबालिकालाई पहिलो चरणको छात्रवृत्ति एक साताभित्र वितरण गर्ने भएको छ । 

चालु आव २०७२÷७३ का लागि शिक्षा कार्यालयले समाहित शिक्षा कार्यक्रमअन्तर्गत रु ४२ लाख ६९ हजार बजेट विनियोजन गरेको हो । 

अपाङ्गता भएका बालबालिकाको परिचयपत्रसहित छात्रवृत्तिका लागि गरिएको सिफारिसका आधारमा सम्बद्ध विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागिएको शिक्षा कार्यालयका योजना अधिकृत महेशदत्त देवकोटाले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया