Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

राष्ट्रपतिलाई गालि गर्ने शिक्षक बेपत्ता !

आइतबार, ०५ पुस २०७२

काठमाडौं - विवाह पञ्चमीका अवसरमा जानकी मन्दिर जनकपुरमा पुजा गर्न गएकी राष्ट्रपति विद्यादेवि भण्डारीलाई गालि गर्ने प्रदीप झा सामाजिक सञ्जालबाट बेपत्ता भएका छन् । उनले राष्ट्रपतिलाई 'विधवा र अलच्छिन' भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत गालि गरेका थिए ।

उक्त गालि लेखिएको उनको फेसबुकको टाईमलाईनमा उनी जनकपुरका बासिन्दा भएको उल्लेख थियो । त्यहाँ उल्लेख भए अनुसार उनको पेशा शिक्षण हो । तर उनी शिक्षक रहेको बारे स्वतन्त्र पुष्टि भएको छैन ।
शिक्षकले यस्तो घृणित कार्य गरेको भन्दै उनको चर्को विरोध भएपछि मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाले उनका बारेमा सोधी खोजि शुरु गरेको श्रोतले जनाएको छ । कार्यालयले जिल्ला शिक्षा कार्यालय धनुषा मार्फत उनका बारेमा सोधपुछ शुरु गरेको हो । तर, निर्देशक कृष्ण काप्रीले सञ्चार माध्यममा आएका खबर पछि थाह पाएको बताउँदै के रहेछ बुझेर मात्रै प्रतिकृया दिने बताए ।

यो विषयमा स्पष्ट पार्न एडुखबरले गत शुक्रबारनै झालाई फेसबुक मार्फत म्यासेज पठाएर आग्रह गरेको थियो । तर उक्त आग्रह र केही प्रश्नको उत्तर नदिई उनी सामाजिक सञ्जालबाटै वेपत्ता भएका छन् । 

आन्दोलनरत मधेसी मोर्चाले राष्ट्रपतिलाई जनकपुरको कार्यक्रम स्थगित गर्न दवाव दिएको थियो । विरोधका विच उनले जानकी मन्दिरमा पुजा अर्चना गरेकी थिईन् ।

त्यस लगत्तै झाले 'यसपालीको विवाह पञ्चमीको रौनक अलच्छिन विधवा देवी भण्डारीले समाप्त पारिन् । ठिकै भनिन्छ कि शुभ कार्यमा अलच्छिन र विधवालाई उपस्थित हुनु हुँदैन । यहाँ त एउटै महिलामा दुवै अवगुण थियो' लेखेका थिए ।

उनको स्टाटसलाई शेयर गर्दै धेरैले उनको विरोध गरेका थिए । शिक्षक जस्तो पेशामा भएको ब्यक्तिको यो स्तरको सोचाई ज्यादै घृणित भएको अधिकाँशको तर्क थियो ।

आन्दोलनरत मोर्चाका कार्यकर्ताले विधवा राष्ट्रपतिले पुजा गर्दा जानकी मन्दिर अपवित्र भएका भन्दै 'शुद्ध' बनाएका थिए ।

प्रकाशित मिति २०७२ पुस ५ गते

प्रतिक्रिया