Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

लेटरग्रेडिङ प्रणालीप्रति एनप्याब्सनको आपत्ति 

आइतबार, ०५ पुस २०७२

काठमाडौँ, ५ पुस । सरकारले लेटरग्रेडिङ प्रणालीमा एसएसली परीक्षाको नतिजा प्रकाशनको तयारी गरेसंगै पूर्व धरानका नीजि विद्यालय सञ्चालकले तिब्र असन्तुष्टी जनाएका छन् । सरकारले हचुवाका भरमा लेटर ग्रेडिङप्रणाली सुरु गरेर विश्वव्यापी मान्यता र अभ्यासको खिल्ली उडाएको उनीहरुको आरोप  छ। 

‘हामी गुणस्तरीय परिणामुखी लेटरग्रेडिङको पक्षमा छौँ, पढ्ने नपढ्ने सबै पास हुने गरी सरकारले लागु गरेको प्रणालीप्रति सहमत छैनौँ,’ एनप्याब्सन सुनसरीको आठौँ जिल्ला सम्मेलनमा केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीले भने ‘विद्यार्थीको ३ सय ६५ दिनको गतिविधी, मेहनत हेरेर ग्रेडिङ गर्ने हो, एक दिनको मुल्यांकन गरेर हुदैन ।’

शिक्षामन्त्रीलाई संस्थागत रुपमा सुझाव दिइसकेको भन्दै अध्यक्ष शाहीले चाडै लेटरग्रेडिङको भ्रम चिर्न एनप्याब्सनले अभियान थाल्ने जिकिर गरे । 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया