Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

जुम्ला शिक्षण अस्पतालमा आगलागी 

आइतबार, ०५ पुस २०७२

काठमाडौँ, ५ पुस । खलंगास्थित कर्णाली स्वास्थ्य शिक्षण अस्पतालमा आगलागी भएको छ। शनिबार बिहान भएको आगलागीमा कुनै मानवीय क्षति नभएको अस्पतालले जनाएको छ। 

आगलागीमा शिक्षणा अस्पतालको अन्तरंग भवन जलेर नष्ट भएको छ। भवनभित्र रहेको ल्याबमका सम्पूर्ण उपकरण, डेन्टल, एक्सरेलगायतका उपकरण, रेडियोलोजी विभाग, एक्सरे अल्ट्रासाउण्ड लगायत महत्वपूर्ण उपकरण जलेर नष्ट भएका छन् । 

१२ कोठा र बिरामी कुर्ने हलसहितको भवन आगलागीमा ध्वस्त भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र अस्पतालका कर्मचारीले राती २ बजे लागेको आगो बिहान ७ बजेमात्र नियन्त्रणमा लिएका थिए । आगालागीका कारण सबै वार्डका विरामीलाई खुला चौरमा राखिएको थियो । 

(आजको कान्तिपुर दैनिकमा एलपी देवकोटाले समाचार लेखेका छन्।)

प्रतिक्रिया