Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

जग्गामा शिक्षकको तलब व्यहोर्दै विद्यालय  

शनिबार, ०४ पुस २०७२

काठमाडौँ, ४ पुस । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ बेलडाँडीमा रहेको सिद्धनाथ निम्नमाध्यमिक विद्यालयले निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोर्नका लागि स्वामित्वको जग्गा कुरिलो खेतीका लागि लिजमा दिएको छ । 

चार बिघा दश कट्ठा जग्गा कुरिलो खेतीका लागि लिजमा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो ।

जग्गा लिजमा दिएबापत विद्यालयले वार्षिक रुपमा रु एक लाख पाउने गरेको छ । विद्यालयका अभिभावकसँग चन्दा सङ्कलन गर्नका आर्थिक अवस्थाले नभ्याउने र विद्यालयको आन्तरिक आर्थिक स्रोत नहुँदा जग्गा लिजमा दिएको विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले बताए । 

“विद्यालयमा निजी स्रोतमा पढाउँदै आएका तीन शिक्षकको तलब जग्गा लिजमा दिएबापत पाइने रकम बाट व्यहोर्दै आएका छौँ”, उनले भने । 

रासस

प्रतिक्रिया