Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दिउँसो खुल्न थाले तराईका विद्यालय 

शनिबार, ०४ पुस २०७२

काठमाडौँ, ४ पुस । स्थानीय आदर्श विद्यालयमा कक्षा ९ मा पढ्ने विजय ताजपुरिया अचेल मख्ख छन् । उनले पोशाकमै विद्यालय आउन पाएका छन् ।

कक्षामा बस्दा कुनै त्रास छैन् । उक्त विद्यालयको चौर मंगलबार विहान भरिभराउ थियो । ताजपुरियासंगै उनका साथी त्यहाँ रमाइरहेका थिए । आन्दोलनरत मधेसी मोर्चाले शिक्षण संस्था खोल्न उदारता देखाएपछि विद्यार्थीलाई सहजता भएको हो । 

विद्यालयका प्रधानाध्यापक दुर्गा चुडालले आन्दोलनरत मधेसी मोर्चाले बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेको बताए । विहानबेलुका सबेरै ढाक्ने गरी हुस्सु लाग्ने हुनाले जाडोले निकै सताउने समस्या पनि बढेको छ। मौसमकै कारणले नीजि एवं सरकारी अधिकांश विद्यालयले दिउँसै पठनपाठन थालेका छन् । 

स्कुल बस पनि निर्धक्क चलेकाले घर टाढा भएका अभिभावकले राहत समेत महसुस गरिरहेका छन् । 

(आजको कान्तिपुर दैनिकमा जितेन्द्र शाहले समाचार लेखेका छन्।)

प्रतिक्रिया