Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिविको त्रुटिले विद्यार्थीलाई सकस 

शनिबार, ०४ पुस २०७२

काठमाडौँ, ४ पुस । तेह्रथुमका प्रमोद वाग्ले लाखौँ रुपैया खर्च गरेर उच्च शिक्षाका निम्तिी जापान पुगे । उनी त्यतिबेला छागाँबाट खसेजस्तै भए जब उनलाई जापानको एक विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै भर्ना लिन अस्वीकार गरिदियो । 

एकाएक उनका आखाँ तिर्मिराए । सपनाको संसार काचँको धरहराझै झर्यामझुरुम भयो । निराश हुदैँ उनी जापानबाट स्वदेश फर्किए ।  सोच्नुहोला, जापान जाने लोभमा वाग्लेले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । होइन, यसमा उनको कुनै गल्ती थिएन न छलछाममै गरेर उनी जापान पुगेका थिए । 

यो ठूलो गल्ती थियो त्रिभुवन विश्वविद्यालयको । देशकै ठूलो भरपर्दो र सरकारी विश्वविद्यालय त्रिविले दिएको आफ्नो प्रमाणपत्र त्यति ठूलो गल्ती होला भन्ने उनले कहिल्यै सोचेनन् ।  कल्पनै नगरेको विषय राम्ररी ननियाली देखिने पनि कुरै भएन । बाग्लेले त्रिविबाट पाएको विभुषण प्रमाणपत्रमा रहेको विश्वविद्यालयकै लोगो गलत रहेछ । यही आधारमा उनलाई जापानको विश्वविद्यालयले नक्कली भनेर फकाईदियो । 

उनको यो समस्याले त्रिविमा धाउन थालेको महिनौ पुग्न थालेपनि भरपर्दोसंग यसको समाधान नभएकोमा उनी दुखी छन् । जापान जादा र रित्तो हात फर्कदाको सबै खर्च क्षतिपूर्तिस्वरुप त्रिविले भराउनुपर्ने उनको माग छ। 

प्रमोदको मात्रै होइन हजारौ विद्यार्थीका प्रमाणपत्रमा यस्ता कैयन त्रुटि पाइन्छन् । जसलाई कसैले नियालेर हेरेका हुदैनन् । 

(आजको नागरिक दैनिकमा अम्मर जिसीले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया