Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

फेरी भूकम्प : जेठ १५ गते सम्मका लागि शैक्षिक संस्था बन्द

मंगलबार, २९ बैशाख २०७२

काठमाडौं २९ वैशाख / मंगलबारको भूकम्प पछि शिक्षा मन्त्रालयले जेठ १५ गते सम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । यस अघि बैशाख भरका लागि विद्यालय बन्दको निर्णय भएको थियो । वैशाख भरी शैक्षिक संस्था बन्द

कतिपय शैक्षिक संस्थाहरुमा भूकम्प पीडितले आश्रय लिईरहेकाले जेठ १ गते विद्यालय खोल्न अप्ठ्यारो देखिएको थियो । खै, कहिलेबाट हुन्छ पठन पाठन ! फोटो फिचर

पटक पटक भएको भूकम्प पछि विद्यार्थी र शिक्षकहरुमा समेत त्रास बढेकोले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले जानकारी दिए ।

भूकम्पबाट अति प्रभावित बाग्मती अञ्चलका ८ सहित गोर्खा, दोलखा र रामेछापका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । बाँकि जिल्लाको हकमा जिल्ला शिक्षा समिति र जिल्ला दैवि प्रकोप उद्धार समितिले आवश्यकता हेरी निर्णय गर्न सक्ने लम्सालले बताए ।

वैशाख १२ गते भएको भूकम्प पछि जनजीवन समान्य हुसँदै गएको अवस्थामा मंगलबार दिउँसो देशैभरि भूकम्पको धक्का महशुस गरिएको छ । दिउँसो १२ बजेर ५० मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

१ बजेर २१ मिनेटमा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलका  अर्को धक्का गएको थियो ।

केन्द्रका अनुसार १ बजेर ५८ मिनेटमा सिन्धुपाल्चोकलाई नै केन्द्र बिन्दु बनाएर ५ दशमलब ३ रेक्टर स्केलको धक्का गएको थियो । यी तीनैवटा भूकम्पका धक्का पनि वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ । अमेरिकी भूगर्भ अनुसनधान केन्द्र ९युएसजिएस० ले भने १२ बजेर ५० मिनेटको धक्कालाई ७ दशमलब ३ मापन गरेको जनाएको छ ।

फाईल फोटो : ईन्टरनेट

प्रतिक्रिया