Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

एसएलसी पूरकको नतिजा सार्वजनिक हुँदै, नतिजा एडुखबरमा

विहीबार, ३१ भदौ २०७२

भक्तपुर ३१ भदौ / एसएलसी पूरकको नतिजा विहीबार सार्वजनिक हुँदै छ । विहान ८ ः३० बजे बोर्ड बैठक डाकिएको र विहान ९ बजे भित्र परीक्षाफल प्रकाशति गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बुधबार नै सबै काम सकिएको बिहीबार बोर्ड बैठकले औपचारिक निर्णय गर्ने छ ।

प्रदेश सीमांकनको विरोधमा विभिन्न राजनीतिक दल तथा संगठनहरुले गरेको बन्द र हड्तालका कारण कापी परीक्षणमा अबरोध हुँदा नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने अन्यौल भएको थियो । यसले गर्दा परीक्षामा सहभागि विद्यार्थीले यहि बर्ष कक्षा ११ पढ्न पाउने नपाउने समेत अन्यौल थियो ।
दुई विषयमा मात्रै फेल हुने विद्यार्थीले मौका परीक्षामा सहभागि भएर पास भयो भने उही बर्ष कक्षा ११ पढ्न पाउँछ ।

विद्याथीएको भविष्यसँग जोडिएको विषय भएकाले विभिन्न बाधाका विचमा पनि समयमै नतिजा सार्वजनिक गर्न सकिएको नियन्त्रक विष्णुबहादुर द्धारेले बताए । गत बर्ष पनि पूरकको नतिजा भदौ २२ गते सार्वजनिक भएको थियो ।

गत साउन २० देखि २७ गते सम्म भएको परीक्षामा सहभागि हुन १ लाख २४ हजार २ सय ५१ विद्यार्थीले फर्म भरेका थिए । यी मध्ये कसैले २ र कसैले १ विषयको मात्रै परीक्षा दिएका छन् । परीक्षा सकिएको एक हप्ता सम्म पनि उत्तर पुस्तिका परीक्षणको काम शुरु भएको थिएन ।

बन्दकै बिचमा सुरक्षाकर्मीको सहयोग लिएर विद्यार्थीका झण्डै १ लाख ९३ हजार कापी परीक्षण केन्द्र सम्म पुर्याएर परीक्षण गरेको कार्यालयले जनाएको छ । पूरकको कापी परीक्षणका लागि कार्यालयले देशका विभिन्न १९ ठाउँमा केन्द्र तय गरेको थियो ।

प्रतिक्रिया