Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

निमावि शिक्षक सिफारिस

शुक्रबार, ०३ पुस २०७२

भक्तपुर - अन्तर्वार्ता सकिएको १० औं दिनमा शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका शिक्षकको पदस्थापनाका लागि शिक्षा विभागलाई सिफारिस गरेको छ । अन्र्तवार्तामा उत्तीर्ण शिक्षकलाई नियुक्तिको लागि आयोगले शुक्रबार सिफारिस गरेको हो । मेरिटका आधारमा आयोगले सिफारिस गरेको हो ।

गत मंसिर ११ गतेबाट शुरु निमाविको अन्तर्वार्ता २३ गते सकिएको थियो । अन्तर्वार्तामा सफल उम्मेद्वारको सूचि शिक्षा विभागमा बुझाएसँगै पदस्थापन प्रकृया शुरु हुन्छ ।
आउँदो आईतबार क्षेत्रीय शिक्षा निर्देशनालयलाई परिपत्र गरेर नियुक्ति प्रकृया शुरु गर्ने विभागका महानिर्देशक खगराज बरालले बताए । 'मन्त्रालयले तयार गरेको आधारमा निर्देशनालयहरुले जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गर्नेछन्' उनले भने, 'सोही अनुसार जतिसक्दो चाँडो नियुक्ति गरेर नयाँ शिक्षक कक्षा कोठामा पुर्याउने हाम्रो योजना छ ।'

आयोगले लिएको निमाविको अन्तर्वार्तामा झण्डै चार सय उम्मेद्वार अनुपस्थित भएका थिए । असार अन्तिममा भएको लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेद्वारहरु मध्ये अन्तर्वार्ताका लागि २६ सय ४४ जना योग्य भएका थिए । यी मध्ये ३ सय ९६ उम्मेद्वार अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति २०७२ पुस ३ गते

प्रतिक्रिया