- वैकुण्ठ ढकाल/ शिक्षक जहिले पनि विद्यार्थीलाई दुःख दिने नियत राख्छन् । हाम्रो सामाजिक मनोविज्ञान नै छ जसले बढि दुःख दिन्छ त्यसलाई हामी सम्झिन्छौं, अगाडि त केहि भन्दैनौं मौका पर्ने बित्तिकै गाली गर्छौं, यसरी नै हो शिक्षकलाई सम्झने हामीले !
त्यसमा म पनि अपवाद होइन ।
विक्रम सम्बत २०७१ साल मंसीर महिना, स्नातकोत्तर तहको शोधपत्र तयारीको चरणमा भोगेको घटना शिक्षकबाट बेहोरेको पछिल्लो हुर्मत हो ।
काठमाडौंको आरआर क्याम्पसको समाजशास्त्र बिभागमा पस्दा मसंग शोधपत्रका दुईवटा बिषय थिए रेडियो कार्यक्रमले महिलामा पारेको प्रभाव र सहकारीले महिला शसक्तिकरणमा पारेको प्रभाव । दुबै बिषयको बारेमा बिभागीय प्रमुखलाई ब्याख्या गरें । दोस्रो विषय तय भयो ।
७ सय रुपैंया तिरेर बिषय सूचीकृत गराएँ, आरआरको समाजशास्त्र बिभागले तयार गरेको गाइडलाईन्स समातेर फर्किएँ । स्वीकृत भएको बिषयसंग सम्बन्धित बिषयहरु खोजी गरें, आरआरमै पत्रकारिता पढेकाहरुको केहि शोधपत्रहरु हेरें, त्यही अनुसारको प्रस्तावना बनाएँ, अनि बिभागीय प्रमुखलाई देखाउने क्रम शुरु भयो अर्थात् भनौं बिभागीय प्रमुख भेट्ने म्याराथुन शुरु भयो !
बोलाएको समयमा कलेज पुग्दा प्रमुख नभेटिने, फोन पनि नउठाउने कलेज पनि नआउने ! दिनमा ४÷५ जना विद्यार्थी शोधपत्रकै लागि पुग्थे, सबै चार बजेका लागि बोलाईएको भन्थे तर प्रमुखको अत्तोपत्तो हुन्थेन ।
लाग्थ्यो, ‘समाज’ पढाउन ‘असामाजिक’ हुनु पर्छ कि क्या हो ?
प्रमुख कुर्दा कुर्दा दिन जान्थ्यो, जागिर खाँदै पढ्नु पर्ने बाध्यताले अँचेटीरहन्थ्यो, कहिल्यै समयमा भेट नहुने विभागीय प्रमुखको प्रतिक्षा हतार हतार कार्यालय पुगेर सकिन्थ्यो ।
कार्यालयबाट कोठा फक्र्यो, ध्यान चित्त उनै प्रमुखको खोजिमा ! फोन गर्दा खाना खाँदै छु, भन्थे पछि फोन गर्दा नउठाएर हत्तुहैरान !
पुस लागेपछि मात्रै थाहा भयो आरआरका समाजशास्त्र बिभागका प्रमुख त जनमैत्री कलेज कुलेश्वरमा पनि पढाउँदा रहेछन । उतै भेट्ने चाँजोपाँजो मिलाएँ । ती शिक्षक दिउँसो पनि अन्त कतै काम गर्थे, दुई तीन पटक सोधें, भनेनन् मैले पनि खोजि गरिन ।
चार पटक जति धाएपछि बल्ल प्रस्तावना र शोधपत्र हेर्ने निर्देशक तोकिदिए, २०७१ साल पुस १३ गते !
निर्देशकको नाम पाएपछि फेसबुकमा खोजेर प्रोफाईल हेरें, साथीहरु हेरें । साथीहरुसंग बुझें उनीहरुले भने– ल तपाँईलाई सजिलो हुने भयो । म साँझ र बिहान कार्यालय जानु पर्ने मेरो निर्देशकको साँझ मात्रै फुर्सद हुने, समस्या त्यही थियो ।
मैले दिउँसो भेटेर सरसल्लाह गर्ने प्रस्ताब गरें । भेट्ने तय भयो । सबै कुरा थाहा भइसक्दा पनि निर्देशकले दिउँसो आफूले गर्ने कामको बारेमा बताउन चाहेनन् । पत्ता लगाएँ उनी सिंहदरबारमा जागिर खान्छन् ! सर म सिंहदरबार भित्रै पनि आउन सक्छु भनिसके पछि, ल त्यसो भए कृषि मन्त्रालय आएर फोन गर्नु भने ।
प्रस्तावनालाई लिएर अन्तिम भेट सिंहदरबारमै भयो । त्यो दिन कामका बिषयमा पनि कुराकानी भए, निर्देशकले आफू पनि पत्रकार भएको बताउँदा म खुशीले झण्डै झण्डै दुई बित्ता उफ्रिएँ, अनि प्रस्ताव गरें– त्यसो भए शोधपत्रको सबै काम मेलबाटै फाईनल गरौं । उनले पनि सहजै स्वीकारे ।
प्रस्तावनामै अनुभब जन्य समिक्षा सबैभन्दा कमजोर भएको छ भन्ने लागेको थियो । किनकि बिषयबस्तु सुहाउँदो पुस्तकहरु भेटिरहेको थिइन । सहकारी सम्बन्धि पुस्तक लेख्नेहरु, सहकार बिट हेर्ने पत्रकारहरुले पनि पुस्तकको नामहरु दिन सकेनन् । अनि सहकारी बिभाग, केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी संघ चाहरें । जहाँ गए पनि उही उही किताबहरु भेटिने, आफूलाई चाहिने जस्तो चाहिं नभेटिने ।
त्रिबिको केन्द्रिय पुस्तकालय पुग्दा पनि उपलब्धि हात लागेन । यो भन्दा बढि जाने ठाउँहरु भेटिएन । सहकारीका नेताहरुसंग कुराकानी गरें, प्रमुख दलका सहकारी विभागका प्रमुखहरुसंग पनि बातचित भयो । हात लाग्यो शून्य । सहकारी सन्देश पल्टाउँदै गर्दा एउटा कार्यपत्र भेटें, तनहुँका अबिन ओझाको । सा¥है उपयोगी भयो । तत्काल फेसबुकमा सर्च गरेर फ्रेण्ड रिक्वेष्ट पठाएँ । स्वीकार गरे । अनि कुराकानी भयो समाजशास्त्रमा भर्खरै विद्यावारिधीको शोध सकेर भारतबाट फर्किएका रहेछन् । उनको सुझाब, सल्लाह र सहयोगले काम ग¥यो ।
जसरी पनि म २०७१ साल भित्रै शोधपत्र सक्ने योजनमा थिएँ, काम पनि भईरहेको थियो । एक दुई हप्ता बिषय मिल्दो शोधपत्र खोज्ने भनेर लागियो, तर केहि सीप नलागेपछि आफ्नै शैलीमा लेख्न थालें ।
प्रश्नावली भर्ने कामले पनि एक महिना जतिको समय लियो । आफ्नै सुरले लेखें, निर्देशकलाई मेल गरें । पारा त उस्तै, जवाफ आउँदैन, एसएमएसको रेस्पोन्स हुँदैन, फोन पनि उठ्दैन । मेल गरेको एक हप्ता पछि बल्ल बल्ल फोन उठ्यो । जवाफ आयो, तपाँईको थेसिसै भएन, फेरि लेख्नु । झनक्क रीस उठ्यो, हवस भने फोन राखें । भएन नै भन्नु थियो त मेल पठाएको भोलि पल्टै भनिदिएको भए यतिखेर सम्म लेखिसक्थेँ !
छटपटि भो अब फाईनल भएको थेसिस खोज्नतिर लागें, तर बसेर पढ्न दिने बाहिर लैजान नदिने आदेश आयो, बिभागीय प्रमुखबाट । हेरेको भरमा चित्त बुझेन । फोटो, कपी, स्टेशनरी, प्रिन्टको काम गर्ने एउटा पसलमा गाउँकै बहिनी काम गर्थिन । उनलाई भनेको केहि समय पछि समाजशास्त्रकै थेसिस आएछ । प्रिन्ट गर्न ल्याएको, फाईनल भएको थेसिस भन्थिन् तर धेरै ख्रेसा जस्तो नै थियो, जे होस त्यसले फरम्याटका लागि सहयोग ग¥यो ।
एक दिन थेसिसको मूख्य भाग मात्रै प्रिन्ट गरेर निर्देशकलाई भेट्न गएँ । फरम्याटमा थिएन, जानजान नै त्यसो गरेको हुँ । प्रिन्ट खर्च कम गर्न । फन्ट साईज र लाईन स्पेस कम गरेर । अन्तिममा सबै मिलाउने योजना थियो । ‘१० पटक प्रिन्ट गर्नुपर्छ ढुक्क भएर गर्नुस न ।’ जम्माजम्मी पाँच मिनेटमै भनिदिए, भएन फेरी लेख्नुहोस । के के भएन त ? मैले भनेजस्तो गर्नुहोस – जवाफ यही थियो । फर्किएँ, अब मेरो ध्यान ‘कन्टेन्ट’ भन्दा पनि ‘फरम्याट’मा जान थाल्यो, बोक्रामा ध्यान पु¥याउँदा गुदी कमजोर हुने भयो । छैटौं पटकको प्रिन्ट बोकेर एक दिन अखिल नेपाल किसान महासंघको कार्यालय बल्खु पुगें, भनेको समयमै पुग्दा निर्देशक भेटिएनन् । त्यहीं छाडेर निस्किएँ, एक हप्ता पछि फेरी पुगेर भेटें । लिखित निर्देशन सहितका सुझाव बोकेर फर्किएँ । निर्देशकले भनेका थिए, अब मलाई भेट्नु पर्दैन । एचओडी (हेड अफ डिमार्टमेन्ट) संग सरसल्लाह गरेर भाईभाको तयारी गर्नुहोस । मैले भनेको निर्देशन मान्नु भएन भने एक्स्टर्ननले अड्काउँछन् । एक दुई महिना लस होला फेरी !
अचम्मै भयो, वर्तमान बिभागीय प्रमुख बलराम आचार्य भनेकै समयमा कलेजमा भेटिए । शोधपत्रका लागि जम्मा भएका अरु विद्यार्थीले पनि आलोचना गरेको सुनिएन । साउनको २६ गते भाइभा तय भयो । बन्दको कारणले भदौ १ गते पुग्यो । त्यो दिन पाँच जनाको भाइभा थियो, बिभागमा भेला भयौं, दिने भन्दा लिने बढि ।
म भन्दा अघिका साथीहरुलाई ¥याख¥याख्थी पार्दै थिए । अन्तिम भनेर बुझाइएका शोधपत्रमा निकै कमजोरी औल्याईएको थियो । समग्रमा भएन भन्ने नै निष्कर्ष थियो । कामै बोलेर खाने थियो, मलाई बोल्न कुनै समस्या भएन, अघिल्ला साथीहरुले लेखेको पढेको भनेर आलोचना खाइरहँदा मैले त्यस्तो सुन्नु परेन ।
तपाँईको थेसिस नै भएन भन्ने एक्स्टर्नलको प्रतिक्रिया सुन्दाचाहिं भाउन्न भयो, थेसिन नै नभई निर्देशकले अनुमोदन गरे त ? मनमनै प्रश्न गरें । कि बाह्य निर्देशकलाई ठूलो देखाउन यसो भन्नै पथ्र्यो ? अनि ईन्टर्नलले कुनै बचाउ वा प्रष्टिकरण नदिँदा रीस पनि उठ्यो । शुरुवाती प्रस्तावना हेर्ने पूर्ब बिभागीय प्रमुख, शोधनिर्देशक र बाह्यनिर्देशकको कुराहरु बाझिएका थिए ।
भाईभा पछि शोधपत्र लिएर हेर्दा, प्रत्येक पृष्ठमा करेक्सन गर्नु पर्ने देखियो । राय बजाएर झण्झट बेहोर्नुभन्दा भनेको गर्नु ठीक लाग्यो । शोधपत्र बुझाइ सकेकाहरुको अनुभवले त्यही भन्थ्यो । अरु त अरु शोधपत्रमा कृतज्ञता समेत आफ्नो शैलीमा दिन नपाउँदा मन अमिलो भयो ।
भाईभामा ढुंगा बनेका बाह्य निर्देशक करेक्सन गरेर जाँदा नौनी जस्तै पग्लिए । भाइभामा बस्ने र आज भेट्ने बाह्य निर्देशक एउटै होइनन् कि भने जस्तै भयो । कत्तिपय साथीहरु र अग्रजहरु भन्थे एक दिन निर्देशकहरुलई रेष्टुरेन्टमा लगेर दारुपानी मिलाउने थेसिस पास भइहाल्छ । तर म यो कुरामा विश्वास गर्ने थिईन ।
शोधपत्रका समस्या के के हुन ? एक विद्यार्थीको आँखाबाट हेर्दा शोध निर्देशकले पर्याप्त समय नदिनु नै हो । तर निर्देशकको आँखाबाट हेर्दा स्नातकोत्तरका विद्यार्थीलाई धेरै समय नै चाहिन्न, आफैं गर्न सक्छन् भन्ने पर्दो रहेछ । तर त्यसो हैन समन्वयन र सहकार्य नै आवश्यक रहन्छ ।
लेखनको लागि पर्याप्त सामग्री नभेटिनु र निर्देशक, बाह्य निर्देशकरुलाई भेट्न मुस्किल पर्ने अर्को समस्या हुँदै हो । पर्याप्त समय दिएर विषयबस्तु नबुझाउनु पनि समस्या नै हुन् । विद्यार्थीको अल्छिपन र टार्ने पु¥याउने पारा पनि समस्या हुन् ।
अर्को कुरा शोधपत्रको शुल्क महङ्गो भयो । आरआरले ४ हजार लिन्छ । प्रस्तावनाका लागि हामीले ७ सय बुझाएका थियौँ, अहिले १ हजार लिन थालिएको छ । त्यो पनि रसिद बिना, यसले पारदर्शितामा प्रश्न उठाउने ठाउँ रहन्छ । के प्रयोजनका लागि हो भनेर कमै विद्यार्थीले बुझ्ने गरेका छन् । योभन्दा बाहेक प्रिन्ट गर्ने, ब्याईण्डिङ गर्नेहरुले विद्यार्थीसंग चर्को मूल्य लिन्छन् । एकप्रति प्रिन्ट गरेको ३ देखि ५, फोटोकपिको १ देखि तीन रुपैंया, हार्ड कभर बाईण्डिङको प्रति शोधपत्र १ सय ४० (पाँचभन्दा बढि गरेमा) एक प्रतिमात्र गर्दा २ सय ८० देखि तीन सय रुपैंयासम्म लिने गरेका छन् । किर्तिपुरकी एक परिचित मित्रले ९० रुपैंयामा हार्ड कभर बाईन्डिङ गरिदिने सुनाईन ।
आफ्नै शिक्षकहरुले त झुलाउने, अड्काउने, पैसासंग मात्रै सरोकार राख्ने ब्यापारीहरुले भनेको समयमा समान दिएनन् भनेर के कचकच गर्नु !
https://twitter.com/DhakalBd
प्रतिक्रिया