Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिविका आंगिक क्याम्पसममा विद्यार्थी आएनन् 

शुक्रबार, ०३ पुस २०७२

काठमाडौँ, ३ पुस । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्नातक प्रथम बर्षमा विद्यार्थी पाउनै मुश्किल भएको छ। भर्नाको समय सकिएर कक्षा सञ्चालन हुनुपर्ने समयमा पनि विद्यार्थी एकदमै न्युन भएपछि अधिकांश क्याम्पसले पढाई सुचारु गर्न सकेका छैनन् । 

त्रिविले दिएको भर्ना समय सकिए पनि संख्या निकै कम भएपछि क्याम्पसहरुले आन्तरिक रुपमा भर्ना लिइरहेका छन् । अघिल्ला शैक्षिक सत्रमा प्रथम बर्षमा दुई हजारको हाराहारीमा भर्ना हुने क्याम्पसमा अहिले मुश्किलले दुई पनि पुगेको छैन् ।

मानविकी संकायको पढाई हुने रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख रुद्र पौडेलले यो बर्ष विद्यार्थी भर्ना संख्या न्युन रहेको बताए । क्याम्पस प्रमुख पौडेलले नाकाबन्दी लगायतका कारणले काठमाडौँमा धेरै समस्या आएकाले विद्यार्थी कम भएको जिकिर गरे । 

ताहाचालको महेन्द्ररत्न क्याम्पसमा पनि विद्यार्थी कमै मात्र भर्ना भएका छन् । 

(आजको नयाँपत्रिका दैनिकमा भवानीश्वर गौतमले समाचार लेखेका छन्।) 

प्रतिक्रिया