Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

कहाँ पुग्यो निमावि शिक्षक सिफारिस प्रकृया ? अन्तर्वार्तामा झण्डै चार सय अनुपस्थित

विहीबार, ०२ पुस २०७२

भक्तपुर - अन्तर्वार्ता सकिएको एक हप्ता वितिसक्दा पनि शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको पदस्थापनाका लागि सिफारिस गर्न सकेको छैन । गत मंसिर ११ बाट शुरु निमावि अन्तर्वार्ताको क्रम २३ गते सकिएको थियो । अन्तर्वार्तामा सफल उम्मेद्वारको सूचि आयोगले शिक्षा विभागमा बुझाएपछि पदस्थापन प्रकृया शुरु हुन्छ । आउँदो हप्ता भित्र सिफारिस गर्ने गरी प्रकृयागत कार्य गरिरहेको आयोग श्रोतले जनाएको छ ।

आयोगले लिएको निमाविको अन्तर्वार्तामा झण्डै चार सय उम्मेद्वार अनुपस्थित भएका छन् । असार अन्तिममा भएको लिखित परीक्षा उत्तीर्ण गरेका उम्मेद्वारहरु मध्ये अन्तर्वार्ताका लागि २६ सय ४४ जना योग्य भएका थिए । यी मध्ये ३ सय ९६ उम्मेद्वार अन्तर्वार्तामा अनुपस्थित भएका छन् ।

अनुपस्थित हुने मध्ये सबै भन्दा धेरै अँग्रेजीमा ९० जना छन् । यसैगरी विज्ञानमा ८३ जना अनुपस्थित भएका आयोग श्रोतले जनाएको छ ।

सुदुर पश्चिमाञ्चलबाट ३३ जना अन्तर्वार्तामा अनुपस्थित भएका छन् । नेपालीमा ४२ जना मध्ये ८, अँग्रेजीमा ५६ मध्ये ६, सामाजिकमा ३५ मध्ये ५, गणितमा ११ मध्ये २, गणित विज्ञानमा ६४ मध्ये ११ र विज्ञानमा १७ मध्ये १ जना अनुपस्थित भएका छन् ।

यसैगरी मध्य पश्चिमबाट नेपालीमा ७१ जना मध्ये ५, अँग्रेजीमा ८७ मध्ये ६, सामाजिकमा ५२ मध्ये ६, गणितमा ५० मध्ये ६, गणित विज्ञानमा ४६ मध्ये ७ र विज्ञानमा ३७ मध्ये ९ जना अनुपस्थित भएका छन् ।

यस्तै पश्चिमाञ्चलबाट नेपालीमा १ सय ३८ जना मध्ये १९, अँग्रेजीमा १ सय ८५ मध्ये २२, सामाजिकमा १ सय २६ मध्ये १६, गणितमा ८९ मध्ये १० गणित विज्ञानमा ९२ मध्ये १२, विज्ञानमा ९१ मध्ये २७ र संस्कृतमा ३ मध्ये १ जना अनुपस्थित भएका छन् ।

यसैगरी मध्यमाञ्चलमा नेपालीमा १ सय १९ जना मध्ये ११, अँग्रेजीमा २ सय मध्ये ३३, सामाजिकमा १ सय ३२ मध्ये १७, गणितमा १ सय २९ मध्ये २४, गणित विज्ञानमा ८३ मध्ये, विज्ञानमा १ सय ३० मध्ये ३२ र संस्कृत ब्याकरणमा ३ जना मध्ये १ जना अनुपस्थित भएका छन् ।

यस्तै पूर्वाञ्चलमा नेपालीमा १ सय ४ जना मध्ये १६, अँग्रेजीमा १ सय ४३ मध्ये २३, सामाजिकमा ७६ मध्ये १०, गणितमा ६४ मध्ये ७ गणित विज्ञानमा ९६ मध्ये २३ र विज्ञानमा ७३ मध्ये १४ जना अनुपस्थित भएका छन् ।

प्रकाशित मिति २०७२ पुस २ गते

प्रतिक्रिया