Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

भूकम्पका कारण क्षती भएका विद्यालयहरुलाई समान व्यवहार गर्न प्याब्सनको आग्रह

विहीबार, ३१ बैशाख २०७२

काठमाडौं ३१ वैशाख / भूकम्पका कारण क्षती भएका विद्यालयहरुलाई समान व्यवहार गर्न निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनले आग्रह गरेको छ । संस्थागत तथा सामादायिक सबै खाले विद्यालयलाई समान व्यबहार प्रकट गरि पुनःस्थापना र बिद्यार्थीहरुको पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि प्याब्सनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको भूकम्प पछि महासचिव डीके ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा विद्यालयहरुमा आश्रय लिई बसेका पीडितहरुको उचित व्यवस्थापन गर्न र थप सहयोग पुर्याउन समेत विद्यालयहरुलाई आग्रह गरिएको उल्लेख छ । यस अघि पनि प्याब्सनले विद्यालयलाई भूकम्प पीडितहरुका लागि आश्रय स्थलका रुपमा प्रयोग गर्न दिन आग्रह गरेको थियो । विद्यालयहरु १५ दिन विदा

प्याब्सनद्धारा जारी विज्ञप्ति :

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन)केन्द्रीय कार्यालय, काठमाडौँ

 

प्याब्सन केन्द्रीय सचिवालयको बिज्ञप्त्ति

बैशाख १२ गते गएको महाप्रलयकारी भूकम्पका कारण देशमा आई परेको संकट साम्यनहुदै पुन: बैशाख २९ गते गएको भुकम्पले थप अन्योल सृजना गरेको छ। यससंवेदनशील घडिमा प्याब्सन तपशिल अनुसार सबैमा हार्दिक अनुरोध गर्दछ ।

१) महाप्रलयकारी भूकम्पमा परी बिधालयहरु क्षतिग्रस्त भएकाले सबै(संस्थागततथा सामुदायिक ) बिधालयलाई समान व्यबहार प्रकट गरि बिधालयहरुको पुनःस्थापनार बिद्यार्थीहरुको पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि सरोकारवालानिकायको ध्यानाकर्षण गराउद्छौ।

२) महाभुकम्प प्रभावित क्षेत्रकाबिधालयहरु जेठ १ गते बाट सुरु गर्ने भनिएकोमा भुकम्पको त्रास कायम नैरहेकाले जेठ १५ सम्म बिदा थप गर्ने निर्णय गरिएको छ।

३) महाभुकम्पमापरि जीवन गुमाएका दाजुभाइ तथा दिदीबहिनी प्रति हार्दिक श्रद्धाञ्जली प्रकटगर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

४) विपतकोघडीमा आआफ्नो ठाँउबाट सहयोग गर्ने विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुप्रति हार्दिक धन्यबाद व्यक्त गर्दछौँ । साथैविद्यालयहरुमा आश्रय लिई बसेका पीडितहरुको उचित व्यवस्थापन गर्न र थप सहयोगपुर्याउन समेत विद्यालयहरुलाई आग्रह गर्दछौँ ।

५) जनजीवन सामान्यभएपछि वार्षिक क्यालेण्डरलाई व्यवस्थापन गरी छुट्न गएको पढाइलाई जाडो, गर्मी वा अन्य बिदामा मिलान गरी पठनपाठन गराउन र छुटेका दिनहरूको समेतब्यवस्थापन हुने गरि कार्य गर्न अनुरोध गर्दछौँ ।

६) प्रलयकारीभूकम्पको विपत्तीमा परेकाहरुलाई आर्थिक सहयोग पुर्याउन राहत कोषको समेतव्यवस्था गरेका छौँ । सोका लागि पूर्व प्राथमिक तथा प्राथमिक तहकाविद्यालयले न्यूनतम पाँच हजार रुपियाँ, निमावि तथा माविले १० हजार रुपियाँ रउमावि तथा कलेजहरुले १५ हजार रुपियाँ अनिवार्य सहयोग गर्न आग्रह गरिएको छ ।सो सहयोग रकम विद्यालयले आफ्नो कोषबाट गर्नुपर्ने । सो कार्यका लागिसम्बन्धित प्याब्सन जिल्ला समितिमा सम्पर्क राख्न अनुरोध छ।

७)संकटग्रस्त जिल्लाका विद्यालयहरुमा भएको क्षति विवरण संकलन एवं राहत वितरणसम्बन्धी कार्य गर्न प्याब्सन जिल्ला अध्यक्षको संयोजकत्वमा त्यसक्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं सदस्यहरु समेतसहभागी भै कार्य भइ रहेको हुदा यसलाई अझै ब्यवस्थित रूपमा अगाडि बडाउनसम्बन्धित सबैमा अनुरोध गरिन्छ।

डीके ढुँगाना

महासचिव/प्रवक्ता
मिति २०७२/०१/२९  

प्रतिक्रिया