Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सेमेस्टार प्रणालीप्रति विद्यार्थीको गुनासो 

विहीबार, ०२ पुस २०७२

काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयले एक बर्षअघिदेखि सम्पूर्ण शिक्षालाई समेस्टार प्रणालीमा लगिने घोषणा गरेको भएपनि वार्षिक परीक्षा प्रणालीअन्तर्गत नै पठनपाठन हुने भनेपछि विद्यार्थीमा अन्योल सिर्जना भएको छ। 

स्नातकोत्तर तहको एमबिएसतर्फको राजधानीबाहिरका विद्यार्थीहरुलाई सेमेस्टार प्रणाली होइन बार्षिक परीक्षा प्रणाली अन्तर्गत नै पठनपाठन हुने भनेपछि विद्यार्थीमा अन्योल सिर्जना भई गुनासो बढेको हो । 

टियुले विश्वविद्यालयअन्तर्गतको आंगिक कलेजमा एमबिएस विषयमा अध्ययनरत इटहरीका विद्यार्थीले बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै टियुले एक बर्षअघि फर्मसमेत भरेर मोफसलमै अध्ययन अध्यापनको बाटो खोलिदिएको र पढाई सेमेस्टार प्रणालीबाट नै भइरहेको सन्दर्भमा एकाएक अहिले त्रिविले मोफसलका कलेजहरुमा सेमेस्टार  प्रणाली खारेज भएको बताएर अन्याय गरेको विद्यार्थीहरुले गुनासो गरेका हुन् । 

(आजको हिमालय टाइम्समा प्रकाशित समाचार)

प्रतिक्रिया