Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थीलाई पढाउने नयाँ काइदा मोबाइल एप्स

विहीबार, ०२ पुस २०७२

काठमाडौँ, २ पुस । सरकारले रेडियो र एफएमबाट पढ्न नपाउने र समय नमिल्ने कक्षा १० का विद्यार्थीका लागी अब मोबाइल एप्स तथा इन्टरनेटबाट समेत पढ्ने व्यवस्था मिलाउने योजना बनाएको छ। भूकम्प र तराई आन्दोलनका कारण पढ्न नपाएका विद्यार्थीहरुका लागी सरकारले गत शुक्रबारदेखि रेडियो नेपाल  र स्थानीय एफएमबाट पढाउन शुरु गरिसकेको छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार करिब २२ लाख विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक जनशक्ति विकास केन्द्रले तयार पारेको पाठ्यक्रममा आधारित रहेर कक्षा शुरु गरिएको हो ।  फागुनको अन्तिम सातासम्म कक्षा सञ्चालन गर्ने योजना रहेको छ भने पहिलो चरणमा १५ मिनेटको अवधिमा कक्षा सञ्चालन हुनेछ । रेडियो नेपालबाट बुलूका ७ बजेको समाचारपछि उक्त कक्षा सञ्चालन भइरहेको छ।

रेडियोबाट आइतबार अंग्रेजी, पहिलो र दोश्रो हप्ताको सोमबार गणित, तेश्रो र चौथो हप्ता स्वास्थ्य तथा जनसंख्या तथा वातावरण शिक्षा हरेक हप्ता मंगलबार गाणित, बुधबार समाचार, सूचना, रेडियो रिर्पोट,  प्रश्नोत्तर लघु नाटककथा लगायतका समसामयिक शैक्षिक गतिविधी सञ्चालन हुनेछन् । 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया