Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

यस बर्षको एसएलसी चैत १८ देखि (रुटिन सहित)

बुधबार, ०१ पुस २०७२

भक्तपुर - यस बर्षको एसएलसी परीक्षा चैत १८ गते देखि शुरु हुने भएको छ । बुधबार बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठकले चैत १८ देखि २९ गते सम्म परीक्षा गर्ने निर्णय गरेको हो ।

रुटिन

चैत १८ – अँग्रेजी

चैत १९ – नेपाली

चैत २१ – गणित

चैत २२ – विज्ञान

चैत २३ – सामाजिक

चैत २४ – स्वास्थ्य तथा जनसंख्या

चैत २५ – ऐच्छिक प्रथम

चैत २६ – ऐच्छिक द्धितीय

चैत २७, २८ र २९ गते प्राविधिक धार तर्फका बाँकी विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए ।

यस बर्षको एसएलसी गत बर्ष भन्दा १३ दिन ढिलो गरी हुन लागेको हो ।

यस बर्ष देखि एसएलसीको नतिजा लेटर ग्रेडिङ् अनुसार गर्ने निर्णय भईसकेको छ ।

एसएलसी ग्रेडिङ् लागू, पास फेल नभने पनि मौका परीक्षाको ब्यवस्था

कसरी हुन्छ एसएलसीमा ग्रेडिङ् ? पढ्नुहोस् पुरा कार्यविधि

नतिजा लेटर ग्रेडिङ्मा सार्वजनिक गरिने भए पनि परीक्षा भने पहिले जस्तै हुने छ । गत बर्ष देखि शुरु प्राविधिक धार तर्फको परीक्षा पनि संग संगै हुने परीक्षा  नियन्त्रक नेपालले जानकारी दिए ।
गत बर्ष एसएलसीको परीक्षा चैत ५ गतेबाट शुरु भएको थियो ।

तराईमा जारी आन्दोलनका कारण असहज अवस्था आएको भन्दै निजी शिक्षण संस्थाहरुका संगठनले परीक्षा सार्न दवाव दिदैं आएका थिए ।

तर शैक्षिक सत्र सार्दा विद्यार्थीको पठन पाठनको उमेरमै असर गर्ने लगायतका धेरै समस्या हुने भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि बहानामा शैक्षिक सत्र सार्न नहुने बताउँदै आएका थिए ।

प्रकाशित मिति २०७२ पुस १ गते

प्रतिक्रिया