Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यार्थीलाई दुव्र्यवहारबाट बचाउन नाटक !

बुधबार, ०१ पुस २०७२

काठमाडौँ, १ पुस । भूकम्पले घरसंगै अनिल गोदारको आमालाई पनि उबाट खोसेर लान्छ । उसको बुवाको व्यापारमा नाकाबन्दीसंगै मन्दी छाएकाले उनीहरु काठमाडौँ पस्छन् । अनिलको बुवा विभिन्न ठाउँमा बदाम र पानी बेच्न थाल्छन् । अनिललाई नयाँ स्कुलमा भर्ना गरिन्छ । तर शैक्षिक सत्रको बीचमा उसलाई नयाँ स्कुलको वातावरणमा मिसिन मुश्किल पर्ने गर्छ । 

उसंग पोशाक र पर्याप्त कापीकिताब पनि हुदैन । यस अवस्थाबाट उसको साथी सुयोगले उसलाई सहयोग गर्छ । तर केही साथीहरुलाई उसलाई गिजाउने र हेप्ने गर्छन् । विद्यालय गएको पहिलो हप्ता उसको कपडामा कलमले कोर्ने गर्दछन् ।

यस्तै दृश्यसहित नाटक ६७ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा विद्यालय र समाजमा विद्यार्थीमाथी हुने दुव्र्यवहारलाई विषयवस्तु बनाएर शैली थिएटरले विद्यार्थीसंग बसी नाटक तयार गरेसगै प्रस्तुत गरेको कचहरी नाटकको कथा हो । 

विद्यार्थीलाई दुब्र्यवहारबाट बच्न यस नाटकको प्रस्तुत गरेको थियो । नाटक शिक्षक र विद्यार्थीले सयुक्तँ रुपमा मिलेर हेरेका थिए ।  राजधानीको टंगाल लगायत ललितपुरका केही ठाउँमा प्रदर्शन गरिएको हो ।

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया