Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

केयुका १२ सय ४३ विद्यार्थी दिक्षित 

बुधबार, ०१ पुस २०७२

काठमाडौँ, १ पुस । काठमाडौँ विश्वविद्यालय (केयु)को २१ औँ दिक्षान्त समारोहमा १२ सय ४३ विद्यार्थी दिक्षित भएका छन् । 

पीएचडी, स्नातकोत्तर र  स्नातक तह पुरा गर्ने स्कुल अफ साइन्स, स्कुल अफ मेनेजमेन्ट, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एजुकेसनका र स्कुल अफ आर्टस्का विद्यार्थी दिक्षित भएका हुन् । 

पहिलो चरणको दिक्षान्तमा एक हजार दुई सय ४३ विद्यार्थी दिक्षित भएका थिए । समारोहमा स्नातकोत्तर  तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ इन्जिनियरिङका टंकप्रसाद दाहाललाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ आर्टस्का सयसकुमार न्यौपानेलाई भाइस चान्सलर स्वर्णपदक, एमबिए तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कृति प्रधानलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र एमबिए तहमा सवोत्कृष्ठ विद्यार्थी स्मृति सिंह श्रेष्ठलाई रणबहादुर शाह स्वर्णपदक प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओलीले प्रदान गरेका थिए । 

केयुको २१ औँ दिक्षान्त समारोहसम्म कुल २० हजार ६ सय ७८ विद्यार्थी दिक्षित भएका छन् । 

 

प्रतिक्रिया