Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षामन्त्री पोखरेललाई पितृशोक 

बुधबार, ०१ पुस २०७२

काठमाडौँ, १ पुष । शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई पितृशोक परेको छ। एमाओवादी सचिव समेत रहेका पोखरेलका बुवा चन्द्रमणी पोखरेलको ८९ बर्षको उमेर मंगलबार निधन भएको हो । 

लामो समयदेखि मुटु र मधुमेह रोगले पीडित चन्द्रमणीको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा निधन भएको हो । 

चन्द्रमणीका श्रीमति, सात छोरा, दुई छोरी छन् । शिक्षामन्त्री पोखरेलका सहयोगी लोचन खतिवडाका अनुसार चन्द्रमणी पोखरेलको घरमा बस्दै आएका थिए । उनको आज अन्त्येष्टी गरिदै छ। 

प्रतिक्रिया