Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

भूकम्पले स्थगित कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, ७ जिल्लामा पछि हुने

सोमबार, ०४ जेठ २०७२

भक्तपुर ४ जेठ / भूकम्पका कारण स्थगित भएको कक्षा ११ र १२ को परीक्षाको तालिका सार्वजनिक गरिएको छ । उच्च माध्यामिक शिक्षा परिषद्ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार कक्षा १२ को परीक्षा जेठ २० गतेदेखि र ११ को परीक्षा असार १ गते देखि हुने भएको हो ।

भूकम्पले धेरै क्षती पुर्याएका ७ जिल्ला गोर्खा, धाँदिङ्, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप बाहेकका जिल्लामा परीक्षा हुने सदस्य सचिव नारायण कोइरालाले बताए । उल्लेखित जिल्लामा परीक्षा चल्न सक्ने छ भन्ने जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरी जेठ १० गते भित्र लिखित जानकारी गराएमा परीक्षा सञ्चालन गर्न सकिने पनि उनले बताए । अन्यथा उक्त जिल्लाका हकमा १५ दिन बाँकी राखेर पछि तालिका सार्वजनिक गरिने उनले बताए ।

यस अघि सार्वजनिक भएको तालिकामा उल्लेख भएको विषयहरुको परीक्षा अनुसारनै क्रमैसंग परीक्षा हुने छ । यस अघि कक्षा १२ को वैशाख २० र ११ को जेठ १ गतेबाट हुने तय गरिएको थियो । वैशाख १२ गतेको भूकम्पका कारण परीक्षा स्थागित गरिएको थियो ।

कक्षा ११ र १२ मा गरी करिब ९ लाख विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया