Edukhabar
आइतबार, १४ बैशाख २०८२
गतिविधि

शिक्षक सडक प्रदर्शनमा प्रहरी धरपकड

शिक्षकहरु आक्रोशित भएर निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहोरा हानेर तितरवितर बनाएको प्रहरीको दावी

आइतबार, १४ बैशाख २०८२

काठमाडौं - नेपाल शिक्षक महासंघको अह्वानमा जारी सडक प्रदर्शनको २६ औं दिनमा प्रहरी धरपकड भएको छ । प्रदर्शनरत शिक्षकले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले धरपकड गरेको हो । 
शिक्षकहरु आक्रोशित भए पछि पानीको फोहोरा हानेर शिक्षकहरुलाई तितरवितर बनाएको प्रहरीले दावी गरेको छ ।

शिक्षकहरुले प्रर्दशनमा घुसपैठ भएको दावी गरेका छन् । यस अघि माईतिघरबाट शुरु हुदैं बिजुलीबजार पुल सम्म हुने शिक्षकहरुको प्रदर्शन शान्त हुँदै आएको थियो । शनिबार शिक्षकहरु बिच नै कुटाकुट समेत भएको थियो । आईतबार अकस्मात शिक्षक र प्रहरी बिच झडपको अवस्था सृजना भयो । 

झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । उनीहरुको बानेश्वर आसपासका विभिन्न अस्पतालमा उपचार भईरहेको बताउँदै उनले घाईतेहरुको विस्तृत विवरण आफूसँग पनि आईनसकेको बताएका छन् । 

महासंघको आकस्मिक बैठक बोलाईएको छ ।

महासंघले चैत २० गते देखि सडक प्रदर्शन र २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गर्दा सार्वजनिक शैक्षिक गतिविधि ठप्प भएको छ । 

 

प्रतिक्रिया