Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दिउसो पनि खुल्छन् मधेसका विद्यालय 

मंगलबार, २९ मंसिर २०७२

काठमाडौँ, २९ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका शिर्षस्थ नेताहरुले मधेसका जिल्लामा विहानी सत्रमा मात्रै सञ्चालन गर्ने गरी स्कुल खोल्न दिनेृ निर्णय गरेपनि हाल विद्यालयहरु दिउसँोसम्म सञ्चालनमा आउने गरेका छन् । 

पर्साका स्कुलहरु दिउसो सञ्चालन हुन थालेका हुन्  भने मोरङ, सुनसरी, सिरहा, सप्तरी, सर्लाहीमा आंिशक रुपमा विद्यालय खुल्न थालेका स्थानीय पत्रकारहरुले जनाएका छन् ।  जनकपुर र बाराको सहरी क्षेत्रमा भने बिहानी सत्रमा मात्रै विद्यालय खुलेका छन् । दिवासत्रमा खुलको स्कुलका विद्यार्थीहरु अनौपचारिक पोशाकमा आउने गरेका पनि भेटिएका छन् । 

चौतर्फी आलोचना र दबाबपछि मोर्चाले बिहानी सत्रका लागी मात्रै विद्यालय सञ्चालन हुन दिने निर्णय आन्दोलनको ९८ औँ दिन मंसिर ३ गते गरेको थियो ।   त्यसको तेश्रो दिनदेखि नै विरगञ्जलगायत मधेसका सबै विद्यालय सञ्चालनमा आएका थिए । तर जाडो र शीतलहरका कारण बिहान आउजाउ गर्नुपरेकाले विद्यार्थी विरामी हुन थालेका हुन् । 

बालबालिका रुघाखोकी र कोल्ड डाइरिया बाट बढी प्रभावित भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालका डा.राकेश झाका अनुसार रुघाखोकी बिग्रिएर निमोनिया र शरिरको तापक्रम घटेर हाइपोथरमिया को सम्भावना बढेको थियो । 

बिहान अत्याधिक मात्रामा चिसो हुस्सु तथा शीतलहर बढेपछि स्थानीय स्तरमा गत बिहीबार मोर्चाले विज्ञप्ती जारी गरी सुविधाअनुसार सञ्चालन गर्न पाउने आह्वान गरेको  थियो ।  गत आइतबार देखि विद्यार्थीहरु कठ्ंयाग्रिएर विद्यालय जान परेको छैन् । दिवासत्रमै स्कुल खुलेका छन् । यद्यपी मोर्चाले घुपैठको हवाला दिदै स्कुल बस भने सञ्चालन गर्न अभैm दिएका छैन्न् । 

महाभूकम्प र आन्दोलनका कारण पछिल्ला ६ महिनामा झन्डै ५ महिना पठनपाठन प्रभावित भएको छ। 

(आजको कान्तिपुर दैनिकमा भुषण यावदले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया