Edukhabar
विहीबार, ११ बैशाख २०८२
गतिविधि

शिक्षक विनै तीन दिने भर्ना अभियान शुरु

शिक्षकको काठमाडौं केन्द्रित सडक प्रर्दशन नटुङ्गिए पछि पठनपाठन एवं शैक्षिक गतिविधि निर्वाध सञ्चालन गर्न दबाब बढ्दै

विहीबार, ११ बैशाख २०८२
शिक्षक सडक प्रर्दशनको फाईल फोटो

मकवानपुर - शिक्षकहरु काठमाडौंको सडक प्रर्दशनमै व्यस्त भए पछि बकैया - ४ छतिवनको महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिले तीन दिने भर्ना अभियान शुरु गरेको छ ।  शिक्षकको सडक प्रर्दशन टुङ्गिने छाँट नदेखिएपछि अभिभावकलाई साथमा लिएर टोल टोलमै विद्यार्थी भर्ना अभियान शुरु गर्ने अध्यक्ष परशुराम गौतमले बताए । भर्ना शिवीरमा पाठ्यपुस्तक समेत वितरण गर्ने योजना बनाईएको छ । 

'शिक्षकहरु शैक्षिक आन्दोलनमा सडकमा रहनु भएको प्रति सम्मान र समर्थन गर्दै' विद्यालय बाहिर टोलटोलमा भर्ना शिवीर गरिने अध्यक्ष पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ । शिवीर शनिबार सम्म सञ्चालन हुने पाण्डेले जानकारी दिएका छन् । 

नयाँ शैक्षिक सत्र शुरु भएको एक साता वितिसक्दा पनि शिक्षकको काठमाडौं केन्द्रित सडक प्रर्दशन नटुङ्गिए पछि पठनपाठन एवं शैक्षिक गतिविधि निर्वाध सञ्चालन गर्न दबाब बढ्दै गएको छ । 

यो पनि पढ्नुहोस् : शिक्षक आन्दोलनमा, पठनपाठन नियमित गर्न विद्यार्थीको हारगुहार

सडक प्रर्दशनमा सहभागी शिक्षक कर्मचारीले तलब नपाउने !

स्थानीय सरकारका अघिल्तिर आएको क्षमता देखाउने अवसर

चैत २० गते देखि शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशन र २५ गतेबाट शुरु शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रसँगै शुरु हने भर्ना अभियान लगायतका शैक्षिक गतिविधि ठप्प छन् । देशभरका सामुदायिक विद्यालय बन्द छन्, कक्षा १२ को परीक्षा नै स्थगित गर्नु परेको छ । दुई साता अघि नै शुरु हुनु पर्ने कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणको काम अहिले सम्म शुरु हुन सकेको छैन । 

प्रतिक्रिया