काठमाडौँ, २९ मंसिर । आफुले अध्ययन गरेको विद्यालयलाई गुल्मीको कुर्घा ४ घर भई हाल भरतपुर चितवन बस्दै आएका घनश्याम शर्माले १० लाख ५१ हजार आर्थिक सहयोग गरेका छन् ।
त्रिभुवन उच्च मावि विभुवा चिदी कुर्घाको सभाहल निर्माण गर्न उनले उक्त रकम आमा डिलादेवी शर्माको नामबाट सहयोग गरेका छन् ।
विद्यालयको ४९ औँ बार्षिकोत्सव अवसर पारेर रकम हस्तान्तरण गरिएको छ।
(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)
प्रतिक्रिया