Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कठ्ंयाग्रिदै पढ्छन् बालबालिका 

मंगलबार, २९ मंसिर २०७२

काठमाडौँ, २९ मंसिर । चिसो बढेसंगै बाँके नेपालगञ्जको गणेशपुरस्थित मदरस दारुल उलुमका प्रधानाध्यापक नसिरुद्दिन अन्सारीलाई चिन्ताले पिरोल्न थालेको छ।  साना नानीहरुलाई चिसो भुईमा राखेर पढाउनुपर्ने भएकाले उनीहरु बिरामी पर्ने जोखिम हरेक बर्ष फर्किएर आउँछ । 

यसपाली पनि उनले भरपर्दो विकल्प भेटिसकेका छैनन् । ‘चिसो मौसममा पनि बालबालिकालाई भुईमा बसाएर पढाउनुपर्ने बाध्यता छ,’ प्रअ अन्सारीले भने ।  केही बर्ष अघिससम्म भूईमा बस्ने विद्यार्थी गैरसरकारी संस्थाले दिएको कार्पेटमा बस्न पाउँदा थोरै राहत मिले पनि त्यसले पुरै जाडो कटाउन नसकिने उनको भनाई छ। 

मदरसा कक्षा १ देखि ५ सम्म २ सय २० जना बालबालिका अध्ययनरत छन् । यीमध्ये ३५ जना अनाथ छन् । अचेल अर्धबार्षिक परीक्षा चलिरहेको छ।   ‘सबै विद्यार्थीलाई कार्पेटमा बसाएर पढाउनुपर्ने बाध्यता छ।’ नेपाली, अंग्रेजी, उर्दु र अरबी भाषामा पढाई हुने उक्त मदरसामा सरकारी अनुदान नियमित छैन् । 

जिल्ला शिक्षा कार्यालय, बाँकेले बार्षिक रुपमा १ लाख ६८ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेपनि नियमित नपाएको प्रधानाध्यापक अन्सारीले बताए ।  आर्थिक स्रोत नहुँदा मदरसामा कार्यरत पाचँ शिक्षकलाई तलब खुवाउनै समस्या भइरहेको बेला कक्षाकोठा व्यवस्थापन गर्न नसकिएको मदरसाले जनाएको छ।  

मदरसाको भौतिक पूर्वाधार विकासमा सरकारी लगानी भने शुन्य रहेको छ। 

(आजको नागरिक दैनिकमा अर्जुन ओलीले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया