Edukhabar
सोमबार, ०८ बैशाख २०८२
गतिविधि

शिक्षकको सडक प्रर्दशनको समय बदलियो

बिजुली बजार क्षेत्र राप्रपाले 'हाईज्याक' गरे पछि, शिक्षक आन्दोलनलाई अवगाल आईलाग्ने ठानेर महासंघले समय नै बदलेको हो ।

शनिबार, ०६ बैशाख २०८२

काठमाडौं - प्रधानमन्त्री र सभामुखसँग छलफल गरे पनि सडक नछाडेका शिक्षकले प्रर्दशनको समय बदलेका छन् । आईतबार विहान ९ बजे देखि दिउँसो १२ बजे सम्म प्रर्दशन गर्ने गरी नेपाल शिक्षक महासंघले समय तालिका बदलेको हो । अरु दिन महासंघले दिउँसो १२ बजे देखि तीन बजे सम्म माईतीघर देखि बिजुलीबजार पुल सम्म प्रर्दशन गर्दै आएको थियो । 

आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टिले गणतन्त्रको विरोधमा प्रर्दशन गर्ने भए पछि समय सारेको महासंघका एक नेताले बताए । राप्रपाका नेताहरुले बिजुलीबजार क्षेत्रमा प्रर्दशन गरी सामुहिक गिरफ्तारी दिने घोषणा गरिसकेकाले दुई पक्ष बिच झडप हुने र त्यस्तो भयो भने शिक्षक आन्दोलनलाई अवगाल आईलाग्ने ठानेर समय नै बदलेको महासंघ श्रोतले जनायो । 

शिक्षकको आन्दोलनमा व्यवस्था विरोधीहरु पनि रहेको भन्दै सत्ताधारी दलका केही नेताहरुले सार्वजनिक अभिव्यक्ति नै दिएका कारण महासंघ सचेत भएको एक नेताले बताए । निषेधित क्षेत्र तोड्ने राप्रपा नेताहरुको घोषणा छ । राप्रपाको प्रर्दशन १२ बजे पछि हुने पार्टिका नेताहरुले बताएका छन् । 
 

प्रतिक्रिया