Edukhabar
बुधबार, ०३ बैशाख २०८२
गतिविधि

नयाँ शैक्षिक सत्र लक्षित सात बुँदे परिपत्र

शिक्षकको सडक प्रर्दशनको १४ औं दिन मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक सत्र लक्षित सात बुँदे परिपत्र जारी / रिक्त शिक्षक दरबन्दीका सवालमा पनि उक्त पत्रमा उल्लेख

मंगलबार, ०२ बैशाख २०८२

भक्तपुर - शिक्षकको सडक प्रर्दशनको १४ औं दिन मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक सत्र लक्षित सात बुँदे परिपत्र जारी गरेको छ । स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई सम्बोधन गरिएको परिपत्रमा एक शैक्षिक सत्रका लागि तोकिएको दुई सय २० दिन स्मरण गराईएको छ । 

शिक्षकको वृत्ति विकास एवं सेवा सुविधाको माग सहित नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक चैत २० गते देखि सडक प्रर्दशनमा छन् । चैत २५ गते देखि शैक्षिक हड्तालको घोषणा गरेको महासंघको आन्दोलनका कारण विद्यालयका गतिविधि ठप्प छन् । केन्द्रले भने शैक्षिक सत्र र विद्यार्थी भर्ना अभियान शिर्षक अन्र्तगत थप चार उपशिर्षकमा समय रेखा सहितको विषय र गर्नु पर्ने कार्य उल्लेख गरेको छ ।

यस्तै नि:शुल्क पाठ्यपुस्तक, छात्रवृत्ति तथा शुल्क निर्धारण शिर्षकमा गर्नु पर्ने कामलाई पनि थप चार उपशिर्षकमा उल्लेख गरेको छ । यस्तै विद्यालय अनुमति, नक्सांकन, समायोजन तथा दरबन्दी मिलानका सम्बन्धमा थप चार उपशिर्षकमा कार्यहरु उल्लेख गरेको छ ।

प्रारम्भिक बाल शिक्षाका सवालमा चार बर्ष उमेर पुरा भएका बालबालिकालार्य सामाजिककरणको विकासका लागि पाठ्यपुस्तक निरुत्साहित गर्दै खेल तथा मनोरञ्जनात्मक कृयाकलापमा आधारित भई गर्नु पर्ने कार्यको अनुगमन तथा नियमन गर्न अनुरोध गरिएको छ ।

पाठ्यक्रम तथा पाठ्यपुस्तक वितरणका सवालमा पनि केन्द्रले थप चार उपशिर्षकमा गर्नु पर्ने कार्यको विवरण संलग्न गरेको छ । यस्तै रिक्त दरबन्दीका सवालमा पनि उक्त पत्रमा उल्लेख गरिएको छ । सबै स्थानीय तहले आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयको रिक्त दरबन्दी जेठ मसान्त सम्म इकाइमा पठाउनु पर्ने प्रावधान पनि स्मरण गराएको छ । यसैगरी शैक्षिक विषयका सन्र्दभमा तयार विभिन्न कार्यक्रम कार्यान्वयनका बारेमा पनि उक्त परिपत्रमा उल्लेख गरिएको छ । 

पढ्नुहोस् उक्त परिपत्र 


 

प्रतिक्रिया