Edukhabar
सोमबार, ०१ बैशाख २०८२
शिक्षामा गत साता

शिक्षकले सरकारलाई ‘घुँडा टेकाउने’ !? : एक विश्लेषण [भिडियो सामग्री]

तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलले स्थानीय सरकारका अधिकार संकुचन गर्ने गरी २०७८ फागुन ९ गते गरेको ५१ बुँदे सहमतीकै कारण सामुदायिक विद्यालयका शिक्षकको विषय गिजोलिदैं आएको छ ।

बुधबार, २७ चैत्र २०८१
एक साता देखि काठमाडौंका सडकमा जारी शिक्षक प्रर्दशनका बारेमा हाम्रो विश्लेषण

काठमाडौं - शिक्षकको पेशागत हक अधिकार र वृत्ति विकासका माग सहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौंका सडकमा प्रर्दशनरत छन् । तर, ती माग भन्दा मुख्य कुरा शिक्षक महासंघ, स्थानीय सरकार मातहत रहेको विद्यालय तह सम्म सञ्चालनको संवैधानिक अधिकार उल्ट्याउन चाहन्छ ।

तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेलले स्थानीय सरकारका अधिकार संकुचन गर्ने गरी २०७८ फागुन ९ गते गरेको ५१ बुँदे सहमतीकै कारण यो विषय गिजोलिदैं आएको छ । त्यसैले अहिले रुपमा देखिएको जस्तो शिक्षा ऐन जारी गर्न दबाब दिएको मात्रै शिक्षकहरुको माग हैन, उनीहरु 'आफू अनुकुल' शिक्षा ऐन चाहन्छन् । 

 

गत साताका अन्य सामग्री पढ्नुहोस् : शिक्षामा गत साता 

प्रतिक्रिया