Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पाचँ विद्यार्थीलाई कोरियाली छात्रबृत्ति

सोमबार, २८ मंसिर २०७२

काठमाडौँ, २८ मंसिर । सन २०१६ का लागी ५ जना नेपाली विद्यार्थीहरुलाई गणतान्त्रिक कोरिया सरकारले छात्रबृत्ति प्रदान गरेको छ । विद्यार्थीहरुलाई स्नातकोत्तर र स्नातक तहमा अध्यनका लागी छानिएको काठमाडौँस्थित कोरियाली दुतावासले जनाएको छ। 

दुतावासका अनुसार स्नातकोत्तर तहमा ३ जना र स्नातक तहका लागी २ जना विद्यार्थीलाई छनोट गरिएको हो । विद्यार्थीको शैक्षिक नतिजा र सक्षमताका आधारमा आफ्नो देश विकासमा योगदान गर्ने मनोबललाई आधार मानेर छानिएको दुतावासले जनाएको छ ।

अहिलेसम्म कोरियाले ४५ जनालाई यस्तो अवसर दिइसकेको छ। 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया