Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

त्रिविले लिने परीक्षा कहिले देखि ?

मंगलबार, ०५ जेठ २०७२

काठमाडौं ५ जेठ / भूकम्पका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्र्तगत विभिन्न संकायको परीक्षा कहिले देखि हुने भन्ने बारेमा परीक्षा नियन्त्रण कार्यालयनै अन्यौलमा छ । केन्द्रहरुको अवस्थाको यकिन जानकारी आईनसकेकाले परीक्षा कहिले गर्ने भन्ने कुरा तय हुन नसकेको नियन्त्रक केशव बाँस्तोलाले बताए । वैशाख १२ गतेको भूकम्प पछि सामान्य बनेको कार्यालयको गतिविधि २९ गतेको ठूलो पराकम्पनले खलबल्याईदिएपछि अन्यौल बढेको उनले बताए ।

'सबै जिल्लाबाट सूचना संकलन भएपछि हामी बल्ल निर्णय गर्छौ,' उनले भने, 'हतारमा गर्दा केन्द्रहरुनै क्षती भएको रहेछ भने फेरी समस्या पर्न सक्छ त्यसैले यकिन जानकारी संकलनको काम भईरहेको छ ।'

त्रिविले जेठ १४ गतेका लागि तय गरेको स्नातक तेश्रो बर्षका सबै संकायका परीक्षा र सोहि दिन देखि शुरु हुने प्रविणता प्रमाणपत्र तह दोश्रो बर्षको परीक्षा स्थगित गरिएको थियो । यस्तै वैशाख १६ गते देखि तय भएको तीन बर्षे एलएलएम दोश्रो बर्षको परीक्षा, वैशाख २२ गते देखि शुरु हुने गरी तय भएको विए एलएलवि पाँचौ बर्षको परीक्षा र वैशाख २५ गते देखि हुने गरी तय भएको काउन्सिलिङ् साईकोलोजीको परीक्षा स्थगित गरिएको छ ।

डाटा ईन्ट्रिको काम भईरहेको समयमा भूकम्प आएर त्यो काम समेत पुरा हुन नसकेपनि यी सबै विषयमा गरी करिव साढे २ लाख विद्यार्थी प्रभावित भएको बास्तोलाले बताए ।

भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षा तालिका भने उच्च माध्यामिक शिक्षा परिषद्ले सार्वजनिक गरेको छ । भूकम्पले स्थगित कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक, ७ जिल्लामा पछि हुने

कार्यालयको केन्द्रिय भवन अन्र्तगत नियन्त्रक बस्ने मुख्य भवनमा क्षती नभएपनि दैनिक कार्यसञ्चालन हुने भवनमा क्षती पुगेकाले कर्मचारीहरु आफ्नो कार्यकक्षमा बसेर काम गर्न सकिरहेका छैनन् ।

कार्यालयको प्राङ्गणमा आईतबार गाडिएको टेण्टबाट सोमबार देखि सामान्य काम शुरु भएको छ ।

प्रतिक्रिया