Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

राम्रा विद्यार्थी थिएनन् जुकरबर्ग

सोमबार, २८ मंसिर २०७२

काठमाडौं २८ मंसिर / फेसबुकका संस्थापक मार्क जुकरबर्ग अहिले विश्वका सबैभन्दा धनी युवाहरूको अग्रपंक्तिमा पर्छन् । फेसबुक बनाएपछि उनको जीवनशैली पूरै परिवर्तन भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए ।

जुकरबर्गले कम्प्युटरबारे चासो दिन थालेको भने सानैदेखि हो । उनी स्कुलमा पढ्दा नै घरमा कम्प्युटर थियो । उनका बुबा दन्त चिकित्सक थिए । उनको एउटा क्लिनिक थियो । तर, जुकरबर्गले स्कुलमा राम्रो ‘पर्फमेन्स’ भने गरेनन् । स्कुलमा राम्रो गर्न नसकेपछि उनका बुबाले जुकरबर्गलाई कम्प्युटरबारे ज्ञान दिन थाले ।

जुकरबर्ग १० वर्षको हुँदा उनका बुबाले ‘अल्टेर’ कम्प्युटर किनेका थिए । उनले आफ्नो ‘डेन्टल हस्पिटल’मा पनि कम्प्युटर राखेका थिए । जुकरबर्गका बुबाले त्यही कम्प्युटरमा जुकरबर्गलाई काम दिने सोच बनाए । त्यसपछि उनलाई नेटवर्किङबारे सिकाउन थाले । बाबुछोराले घर र हस्पिटलको कम्प्युटरबीच ‘नेटवर्किङ’ गर्न सफल पनि भए ।

त्यति नै बेला जुकरबर्गले कम्प्युटर ‘प्रोगामिङ’बारे सिके । थप ज्ञानका लागि उनका बाबुले शिक्षकलाई घरमै आउने प्रबन्ध पनि मिलाइदिए । त्यसपछि जुकरबर्गले ‘ह्याकिङ’ चासो दिन थाले । उनको ‘ह्याकिङ’ दक्षता देखेर माइक्रोसफ्टले उनलाई जागिरको प्रस्ताव गरेको थियो । तर, जुकरबर्गले त्यसलाई अस्वीकार गरिदिए । फेसबुक स्थापना गर्दासम्म जुकरबर्गलाई लाखौँ पैसा तिर्न माइक्रोसफ्टले ११ पटकसम्म ‘अफर’ गरेको थियो । तर, जुकरबर्गले सधैँ अस्वीकार गर्दै आए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया