Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

नेपाल भाषा पढ्नेलाई सम्मान

सोमबार, २८ मंसिर २०७२

काठमाडौं २८ मंसिर / नेपाल भाषा विषय लिई एसएलसी परीक्षा उत्तीर्ण गर्ने १८ जनालाई सम्मान गरिएको छ । नेवार समुदायको मातृभाषा नेपाल भाषा पढ्न प्रोत्साहन दिन स्थापित लक्ष्मीनारायण पुनमाया सिरपाबाट १८ जनालाई सम्मान गरिएको हो ।

संस्कृतिविद् सत्यमोहन जोसीले जगत्सुन्दर ब्वनेकुथी स्कुलमा सम्मान प्रदान गरेका हुन् । सम्मानस्वरूप सुश्री सरिना महर्जनलाई २५ हजार रुपैयाँ र अन्य १७ जनालाई एक हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा सरिपा सचिव देवदास मानन्धरले नयाँ संविधानमा मातृभाषाको शिक्षा लिने नाागरिक हक नभएको तथा मातृभाषाबाट शिक्षा दिन खोलिएको जगत्सुन्दर ब्वनेकुथी स्कुल अब नयाँ संविधानअनुसार प्रादेशिक कानुनले औचित्य नठहर्‍याएसम्म गैरसंवैधानिक हुने गुनासो गरे ।

कार्यक्रममा विष्णु चित्रकारले ०२८ सालमा नयाँ शिक्षाको खाका तयार भएदेखि अहिलेसम्म नेपालका सबै राष्ट्रभाषालाई निर्मूल पार्न सुरु भएको शिक्षा नीति नयाँ संविधानसम्म पनि कायमै रहेको बताए । न्हुदा राष्ट्रिय समारोह समितिका अध्यक्ष डा. महेशमान श्रेष्ठले हालै मात्र युएनओको काठमाडौं चार्टरमा मातृभाषामा शिक्षा दिनुपर्ने उल्लेख भएको बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया