Edukhabar
विहीबार, २२ फागुन २०८१
खबर/फिचर

इसीडी शिक्षकका लागि नयाँ तालिमको संहिता निर्माण

सामग्री, प्रशिक्षक, सहभागी छनौटको व्यवस्था सहित तालिम सञ्चालनको खाका र विभिन्न निकायको भूमिका  समेत संहितामा स्पष्ट पारिएको छ ।

विहीबार, २२ फागुन २०८१

भक्तपुर - चालु आर्थिक बर्षको बजेटमा घोषणा गरिएको बालविकास शिक्षक (इसीडी) लक्षित बुटक्याम्प तालिमका लागि संहिता निर्माण गरिएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निर्माण गरी जारी गरेको संहितामा तालिमको उद्देश्य, विषयबस्तु, सामग्री, प्रशिक्षक, सहभागी छनौटको व्यवस्था आदी विषयलाई स्पष्ट पारिएको छ । बुटक्याम्प सञ्चालनको खाका र विभिन्न निकायको भूमिकालाई समेत संहितामा व्यवस्था एवं व्याख्या गरिएको छ । 

सरकारले बाल शिक्षा सुधारको लागि पहिलो बर्ष एक हजार पाँच सय इसीडी शिक्षकलाई ‘बुटक्याम्प’ मा सहभागी गराउने घोषणा गरेको थियो ।  यसका लागि सरकारले तीन करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । बजेट कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले यस अघि नै बनाएको योजनामा बालविकास शिक्षकको क्षमता तथा आवश्यक ज्ञान, सीप र सिकाइ अभिबृद्धि गराउन बुटक्याम्प गरिने उल्लेख छ । शिक्षकको क्षमता विकास नभएसम्म बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नभएको भन्दै बालविकास शिक्षकलाई तालिम जरुरी रहेको निष्कर्ष सहित सरकारले बजेट मार्फत् नै यो कार्यक्रम शुरु गर्ने घोषणा गरेको थियो । 

पढ्नुहोस् संहिता : 


४१ हजार दुई सय १२ इसीडीमा १२ लाख ७७ हजार छ सय ७८ बालबालिका अध्ययनरत छन् । यस मध्ये सामुदायिक ३३ हजार चार सय ७०, निजी सात हजार सात सय ४४ र धार्मिक पाँच सय १९ संस्थामा इसीडी कक्षा चलिइरहेको छ । केन्द्रका अनुसार सामुदायिकमा छ लाख तीन हजार एक सय १४ र निजीमा छ लाख ७४ हजार पाँच सय ८४ बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया