Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

आरक्षको हात्तीद्धारा स्कुलमा तोडफोड 

आइतबार, २७ मंसिर २०७२

काठमाडौँ, २७ मङ्सिर । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको एक हात्तीले सप्तरीको जोगिनियाँ गाविसमा रहेको एउटा बोर्डिङ स्कुलमा  तोडफोड गरेको छ । 

एकाक्सि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले जोगिनियाँ गाविस– ९ ९हाल हनुमाननगर जोगनिमाई नगरपालिका– १० सकरदहीमा रहेको शेखर बोर्डिङ स्कुलमा तोडफोड गरेको स्थानीयवासी लाल माझीले बताए ।  

स्कुलको भित्तामा हात्तीले आक्रमण गर्दा स्कुलमा क्षति पुगेको बताइएको छ । 

साथै गाउँमा एक्कासि हात्ती पसेको देखेपछि स्थानीयवासी त्रसित भएका थिए । गाउँ पसेको हात्तीलाई स्थानीयवासीले लखेटेका थिए ।

 

(रासस) 

प्रतिक्रिया