काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा तालिका अनुसार वैशाख ११ देखि परीक्षा सुरु हुनेछ ।
पहिलो दिन अनिवार्य नियमित तर्फको अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डले जनाएको छ । परीक्षा वैशाख २२ सम्म चल्नेछ ।
परीक्षा सुरु हुनु भन्दा घण्टा उपस्थित हुनु पर्ने र परीक्षा सुरु भएको १५ मिनेट पछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले नीति लिएको छ ।
प्रतिक्रिया