Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षकको परीक्षा दुई सय पूणांकको !

आइतबार, २७ मंसिर २०७२

काठमाडौँ, २७ मंसिर । शिक्षक पदमा स्थायी प्रतिस्पर्धाका लागि लिइने लिखित परीक्षा दुई सय पूणांकको गरिने भएको छ । हाल एक सय पूणांकको लिखित परीक्षा सञ्चालन हुँदै आएको छ ।  

मन्त्रिपरिषदले सरकारले दुई वर्षे कार्ययोजनालाई स्वीकृत प्रदान गरेको छ । उक्त कार्ययोजनामा शिक्षक सेवा आयोग नियमावली संशोधन गर्ने उल्लेख गरिएको  छ ।

नियमावली संशोधन गर्ने यस सरकारी प्रतिबद्धताले शिक्षक पदको स्थायी प्रतिस्पर्धाका लागि सञ्चालन गरिने लिखित परीक्षालाई दुई सय पूर्णाकंको बनाउन बाटो खुलेको हो ।

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार) 

प्रतिक्रिया