काठमाडौं - विद्यालय तहको पाठ्पुस्तक छपाई तथा वितरण गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रमा नयाँ प्रवन्ध सञ्चालकका लागि शिक्षा मन्त्रालयले दरखास्त आह्वान गरेको छ । चार बर्ष अघि नियुक्त अनिल झाको कार्यकाल आउँदो फागुन १० गते सकिने भएपछि मन्त्रालयले प्रवन्ध सञ्चालकको छनौट तथा सिफारिस सम्बन्धि कार्यविधि २०८१ तयार गरी दरखास्त आह्वान गरेको हो । सात दिन भित्र दरखास्त बुझाउन मन्त्रालयले सूचित गरेको छ ।
यस अघि राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदै आए पनि जनक शिक्षामा खुला विज्ञापनबाट प्रवन्धक छनौट शुरु भएको यो दोस्रो पटक हो । चार वर्षअघि खुला प्रतिष्पर्धाबाट झा छानिएका थिए ।
प्रतिक्रिया