Edukhabar
आइतबार, २० माघ २०८१
खबर/फिचर

विद्यालयको भवन बनाउँदा घुस, प्रअ सहित तीन विरुद्ध मुद्दा

आइतबार, २० माघ २०८१

काठमाडौं - विद्यालयको भवन निर्माण सकिएपछि अन्तिम भुक्तानीमा घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी पछि अख्तियारले पक्राउ गरी अनुसन्धान थालेको थियो । बुटवल स्थित कार्यालयबाट खटिएको टोलीले विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले ६५ हजार रुपैंया घुस लिएको फेला पारेको अख्तियारले जनाएको छ ।

अनुसन्धानको शिलसिलामा प्रधानाध्यापक रेशम राज कण्डेलको समेत मिलेमतो देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया