Edukhabar
बुधबार, ०९ माघ २०८१
खबर/फिचर

तीन दिन विद्यालय बन्द

नगर प्रमुखको आदेश अनुसार विद्यालय बन्दको निर्णय

बुधबार, ०९ माघ २०८१

नेपालगञ्ज - बढ्दो चिसोबाट बालबालिकालाई जोगाउन नेपालगञ्ज उप महानगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा  तीन दिन विदा दिईएको छ । नगर प्रमुख प्रशान्त बिष्टको आदेश अनुसार विद्यालय बन्दको निर्णय गरिएको नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिए । 

'तराई क्षेत्रमा चलिरहेको शितलहरका कारण अत्यधिक चिसो भएकोले नगर प्रमुखको आदेश अनुसार तीन दिन सम्म सबै प्रकारका विद्यालयहरुमा पठनपाठन अनिवार्य रुपमा बन्द गर्न' भन्दै शाखाले सूचना समेत जारी गरेको छ । 

बुधबार देखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । १२ गते शनिबार परेकाले विद्यार्थी चार दिन पछि आईतबार दखि विद्यालय जानेछन् । यो विदालाई जाडो विदाबाट मिलान गर्ने थापाले बताए । 

केही समय यता पश्चिम तराई क्षेत्रमा दिउँसो घाम नलाग्ने र राती आकाश खुल्ला हुँदा अत्यधिक शीत पर्दै आएको छ । जसले गर्दा त्यस क्षेत्रमा जाडो बढेको छ । 

प्रतिक्रिया