काठमाडौं - संस्कृति आदानप्रदान, भाषा शिक्षण र अनुसन्धान कार्यसञ्चालनको काम गर्ने गरी लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा सरकारी निवास बालुुवाटारमा सोमबार भएको कार्यक्रममा दुई विश्वविद्यालयका पदाधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्रीको गत मंसिरमा सम्पन्न चीन भ्रमणका बेला भएको स्वयंसेवी चिनियाँ भाषा शिक्षण सम्बन्धी समझादारी अनुसार उक्त सम्झौता भएको प्रधानमन्त्रीको निजी सविालयले जनाएको छ । लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्रमा हताक्षर गरिएको छ । सम्झौता संगै बेइजिङमा नेपाल इन्ष्टिच्युट र लुम्बिनीमा चाइना इन्ष्टिच्युट स्थापना हुने छन् ।
सम्झौता पत्र आदानप्रदान पश्चात प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँ देखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र नेपाल स्थित चीनियाँ दूतावासका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया