Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

रेडियोबाट कक्षा १० को पढाइ सुरु

शनिबार, २६ मंसिर २०७२

काठमाडौँ, २६ मंसिर । सरकारले शुक्रबार राति साढे ७ बजेबाट यो वर्षको एसएलसी विद्यार्थीलाई लक्षित गरी रेडियो नेपालबाट पढाइ सुरु गरेको छ । भूकम्प र तराई आन्दोलनबाट प्रभावित कक्षा १० को पाठ्यक्रममा आधारित सबै विषयमा पढाई सुरु गरेको हो । 

कक्षा शैक्षिक जनशक्ति विकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित छ ।  केन्द्रका कार्यकारी निर्देशक सुर्य गौतमले फागुन अन्तिम सातासम्म कक्षा सञ्चालन हुने जानकारी लिएका छन् । पहिलो चरणमा १५ मिनेट अवधिको कक्षा सञ्चालन हुनेछ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरेलले मन्तव्य जारी गर्दै पढाई आरम्भ गरेका थिए । 

तराईका आठ जिल्लाका स्थानीय एफएमबाट समेत पढाई सुचारु गर्ने गरी तयारी भएको छ । 

(आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया