Edukhabar
बुधबार, १७ पुस २०८१
खबर/फिचर

शिक्षकको पेन्सनपट्टा बनाउन घुस मागेको अभियोगमा रकम सहित कर्मचारी पक्राउ

तीन लाख रुपैँया घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ

आइतबार, १४ पुस २०८१

काठमाडौं - शिक्षकको पेन्सनपट्टा बनाउन घुस मागेको अभियोगमा शिक्षक किताबखानामा कार्यरत शाखा अधिकृत पक्राउ परेका छन् ।  पेन्सनपट्टा बनाईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छापा मारेको थियो । अख्तियारको टोलीले रकम सहित राष्ट्रिय किताब खाना (शिक्षक), छाउनीमा कार्यरत अधिकृत धनेश्वर प्रसाईलाई आईतबार कार्यकक्षबाटै पक्राउ गरेको हो । 

सेवाग्राहीबाट तीन लाख रुपैँया घुस लिइसकेको अवस्थामा प्रसाईलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान भइरहेको घिमिरेले बताए । 

उक्त कार्यालयको काम कार्यरत शिक्षकहरुको विवरण राख्ने तथा अवकास भएका शिक्षकहरुको विवरण अद्यावधिक गरेर पेन्सनपट्टा बनाउने हो । शिक्षकहरुको संञ्चित विदा, विरामी विदा एवं अन्य सुविधालाई घटबढ गर्न त्यहाँका कर्मचारीहरुले चलखेल गर्ने निवृत्त शिक्षकहरुले गुनासो गर्दै आएका छन् । 

प्रतिक्रिया