Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

दलीय भागबण्डामा विद्यालयका भौतिक संरचना 

शनिबार, २६ मंसिर २०७२

काठमाडौँ, २६ मङ्सिर । विद्यालय भौतिक संरचना निर्माण कार्यक्रम राजनीतिक भागबन्डा गरेर जाजरकोटमा योजना छनोट गरिएको छ ।  विद्यालय अनुगमन गरी विद्यालय जीर्ण भई आवश्यक परेको ठाउँमा भौतिक संरचना उपलब्ध गराउनुपर्नेमा सदरमुकाममा राजनीतिक दलका नेताहरुले आ–आफ्नो राजनीतिक स्वार्थअनुसारको भौतिक संरचनाका लागि योजना छनोट गरिएको हो । 

चालु आवमा रु १३ करोडका २६२ संरचना राजनीतिक भागबन्डामा वितरण भएका छन् ।   तर लामो समयदेखि भवन अभावमा पठनपाठनको समस्या भएका विद्यालयले पाउन नसकेको भन्दै अन्य सरोकारवाला आक्रोशित भएका छन् ।  

नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी लगायत अन्य साना दलको दबाबमा उक्त संरचना कार्यालयले वितरण गरेको छ ।   बर्सेनि यसरी राजनीतिक दबाबमा आ–आफ्नो स्वार्थअनुसार काम हुँदा समस्या भएको ठाउँ, पहुँच नभएको ठाउँमा विद्यालय निर्माण नहुने र पहुँच हुने ठाउँमा बर्सेनि भौतिक संरचना बन्ने गरेको पत्रकार रामकुमार शाहीले बताए ।  

(रासस) 

 

प्रतिक्रिया